काठमाडौँ र ललितपुरमा रगतको अभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौँ र ललितपुरमा रगतको अभाव

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ ।
  • नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो ।

काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो ।वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन ।

सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ ।दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ।

रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने, “डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।” रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औषतमा ३०० युनिट रगतको माग भई आएको छ तर आपूर्ति गर्न कठिनाइ भइरहेको छ।

केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै सङ्घ संस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिए ।पछिल्लो सयम केन्द्रको रक्त सेवा फितलो र प्रभावहीन बन्दै गएको छ। भनेका सयममा चाहिएका रगत समूह सेवाग्राहीले पाउन धौधौ पर्ने गर्दछ।ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
भरतपुरमा रेणु दाहालको अग्रता कायमै
भरतपुरमा रेणु दाहालको अग्रता कायमै
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा मिश्र
दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा मिश्र
जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !
जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !
गाउँपालिका, नगरपालिकाले उठाएको करबारे अध्ययन गर्न सरकारले बनायो समिति
गाउँपालिका, नगरपालिकाले उठाएको करबारे अध्ययन गर्न सरकारले बनायो समिति
हावाबाट चल्ने हड्डी वाला जिव
हावाबाट चल्ने हड्डी वाला जिव
सरकारले सहुलियत दिएपछि इन्टरनेटको शुल्क नबढ्ने भयो
सरकारले सहुलियत दिएपछि इन्टरनेटको शुल्क नबढ्ने भयो
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
सरकार विरुद्ध नेविसंघ सडकमा
सरकार विरुद्ध नेविसंघ सडकमा

तपाईंले छुटाउनुभयो कि?