उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५१ पटक हेरिएको
Shares
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !

सारांश

  • काठमाडौं, ११ जेठ ।
  • सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यतिवेला राजपा नेपाललाई सरकारमा ल्याउने कसरतमा लागेका छन् ।
  • स्रोतका अनुसार ओली र प्रचण्डबीचको आन्तरिक सहमति अनुसार राजपा नेपाललाई सरकारमा ल्याउनेगरि गृहकार्य भैरहेको छ ।

काठमाडौं, ११ जेठ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यतिवेला राजपा नेपाललाई सरकारमा ल्याउने कसरतमा लागेका छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीचको आन्तरिक सहमति अनुसार राजपा नेपाललाई सरकारमा ल्याउनेगरि गृहकार्य भैरहेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतका नेताहरु सकारात्मक छन् । सत्तारुढ दल नेकपा संविधान संशोधन गर्न तयार छ ।

यसअघि संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने गृहकार्य भएको कुरा आएको थियो । तर, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा संविधान संशोधन संशोधनजस्तो आन्तरिक विषयमा विवादस्पद अभिव्यक्ति दिएकोले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड रुष्ट छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री यादवको बचाउ गरे । यादव र सत्तारुढ दल नेकपाका अध्यक्षद्धयबीच राम्रो सम्बन्ध नरहेको समेत स्रोतको दाबी छ । यादवले पनि सरकारको कडा रुपमा आलोचना गरिरहेका छन् । फोरमको तुलनामा राजपाले सरकारको त्यति आलोचना तथा विरोध गरेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन  आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो
मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने
शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने