३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा

सारांश

  • पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने धरौटी राखी तारेखमा छुटेका छन् ।
  • भृकुटीमण्डपको फनपार्क जग्गा भाडामा दिंदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएका पूर्वमन्त्री न्यौपाने ५ लाख रुपैयाँ तिरेर धरौटीमा छुटेका हुन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोड ५२ लाखभन्दा बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा परेको थियो ।

पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने धरौटी राखी तारेखमा छुटेका छन् । भृकुटीमण्डपको फनपार्क जग्गा भाडामा दिंदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएका पूर्वमन्त्री न्यौपाने ५ लाख रुपैयाँ तिरेर धरौटीमा छुटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोड ५२ लाखभन्दा बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा परेको थियो । न्यौपानेसहित १४ जनालाई मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि थुनछेक बहसमा उपस्थित भएका न्यौपानेलाई विशेष अदालतले धरौटी मागेको थियो ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्धारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठको इजलासले वैशाख २५ मा हाजिर हुनेगरी धरौटी लिएर तारेखमा बस्न अनुमति दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?