नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन

सारांश

  • काठमाण्डौ ।
  • स्वतन्त्र विद्यार्थी युनियनको नाममा हुने विद्यार्थी राजनीति अस्तव्यस्त छ ।
  • स्ववियुको निर्वाचित कार्यसमितिको अवधि २ वर्षको हो ।

काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियनको नाममा हुने विद्यार्थी राजनीति अस्तव्यस्त छ । स्ववियुको निर्वाचित कार्यसमितिको अवधि २ वर्षको हो । तर अहिले निर्वाचन भएको झण्डै १० वर्ष भइसक्दा पनि अर्को कार्यसमिति चयन हुन सकेको छैन ।

फागुन १४ गते हुने भनिएको चुनाव नहुने त पक्का भइसक्यो नै, यस विषयलाई लिएर विद्यार्थी संगठनहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

शिक्षा र शिक्षण संस्थालाई व्यवस्थित बनाउनका लािग विद्यार्थीको हक हितमा काम गर्ने भनेर स्थापना गरिएका विद्यार्थी संगठनहरुमा भविष्यमा नेता बन्ने सपना बोकेका व्यक्तिहरुको बाहुल्यता हुने गरेको छ । जसका कारण स्वार्थकेन्द्रिति राजनीति हावी हुने गरेको पाइन्छ । विशेषगरी उच्च शिक्षा पढाई हुने त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरुमा विद्यार्थी राजनीति हुने गरेको छ ।

जसलाई स्वतन्त्र विद्यार्थी युनियन भनेर विश्वविद्यालयले वैधता प्रदान गरेको छ । स्ववियुको निर्वाचित कार्यसमितिको अवधि २ वर्षको हो । तर अहिले निर्वाचन भएको झण्डै १० वर्ष भइसक्दा पनि अर्को कार्यसमिति चयन हुन सकेको छैन । अहिले विद्यार्थी संगठनहरु नै निर्वाचनको पक्ष विपक्षमा विभाजित भएर एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन ।

जसले गर्दा तोकिएको मिती फागुन १४ मा स्वावियू निर्वाचन नहुँने भएको छ । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी एकातिर छन् भने प्रतिपक्षी दल कांग्रेस निकट नेविसंघ अर्कोतिर । यिनै संगठनहरुको एकमत नहुँदा त्रिभुवन विश्वविद्यालयले चुनाव गराउन नसक्ने अवस्था छ । त्यसो त त्रिभुवन विश्वविद्यालय आफैँ पनि असक्षम सावित भइसकेको छ ।

झण्डै ८ वर्ष अघि हुनुपर्ने चुनाव अहिलेसम्म नहुनुलाई विद्यार्थी संगठनको कारण मात्रै मान्न मिल्दैन । पछिल्लो समय त्रीवीले तोकेको मिति फागुन १४ गते आउन एक हप्ता मात्रै बाँकी छ । पूर्व निर्धारित समयमा निर्वाचन नहुने निश्चित छ । तीनै विद्यार्थी संगठनले भने आफूहरु निर्वाचनका लागि प्रतिवद्ध रहेको भन्दै एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सत्तारुढ दल निकट विद्यार्थी संगठनहरु निर्वाचनका लागि तयार नभएको आरोप लगाएको छ । यता नेकपा निकट विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले भने निर्वाचनबाट नेविसंघ भाग्न खोजेको आरोप लगाएको छ ।

यसअघि पन स्ववियुको निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले प्रयास नगरेको होइन । २०७३ सालमा त्रिभुवन विश्वविद्ययालयका ६० मध्ये २६ आंगिक क्याम्पसमा मात्रै स्ववियु चुनाव भएको थियो । तर चुनाव पूरा हुन सकेन ।

विद्यार्थीहरुको हकहितको लागि काम गर्ने भन्दै विभिन्न क्याम्पसहरुमा खोलिएका विद्यार्थीसंगठनहरु सक्रिय छन । तर तिनीहरुको इतिहास हेर्ने हो भने विद्यार्थी हक हितमा भन्दा नेतृत्व हडप्ने र आफ्नो संगठनलाई कसरी बलियो बनाउने भन्नेमै केन्द्रित भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै,  यो वर्ष पनि ठूलो रकम फ्रिज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज
३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे

तपाईंले छुटाउनुभयो कि?