प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका विभिन्न अङ्गमा समस्या देखिएको छ ।
  • अचानक अस्पताल भर्ना गरी एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि आइसियूमा राखिएका ओलीको एकैपटक धेरै अङ्गमा समस्या आएपछि भेन्टिलेटरमा राखिएको छ ।

। प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका विभिन्न अङ्गमा समस्या देखिएको छ । अचानक अस्पताल भर्ना गरी एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि आइसियूमा राखिएका ओलीको एकैपटक धेरै अङ्गमा समस्या आएपछि भेन्टिलेटरमा राखिएको छ ।

महाराजगञ्जस्थित मनमोहन काडिैयोभास्कुलर ट्रान्स्प्लान्ट सेन्टरको भेन्टिलेटरमा राखिएका ओलीको शरीरको विभिन्न भागमा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ । दुईपटक उनको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत् स्थिर रहेको जानकारी दिइएपनि शुरुमा उनको पेटमा संक्रमण देखिएको थियो ।

एपेन्डिसाइटिस फुटेर शरीरको विभिन्न भागमा संक्रमणको जोखिम बढेपछि संक्रमण हुन नदिन भेन्टिलेटरमा राखिएको थियो । शल्यक्रिया गर्ने क्रममा आधा लिटर पिप निकालिएको बुझिएको छ ।

पेटको संक्रमण फैलिएर मुटुमा पुगेको अस्पताल स्रोतले बताएको छ । संक्रमण बढेपछि खतरा बढ्न नदिन चिकित्सकले औषधी चलाइरहेका छन् । मुटुको गति सन्तुलित नभएपछि सन्तुलनमा ल्याउन प्रयास भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको खास समस्या मृगौलाको हो । उनको १३ वर्ष अघि भारतको नयाँ दिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । नियमित उपचार गराउँदै आएका उनले पछिल्लो समय सिंगापुरस्थित अस्पतालमा उपचार गराउँदै आएका थिए । यसैपटक दुई हप्ताको अन्तरालमा दुईपटक सिंगापुर गई नियमित चेकजाँच गरेका थिए ।

ओलीको पछिल्लो समय पुनः मृगौला प्रत्यारोपणको पहल भइरहेको छ । उनले चारपटक हेमोडायलसिस गराइसकेका छन् । चिकित्सकले पुनः मृगौला प्रत्यारोपणको सल्लाह दिएका छन् ।

ओलीलाई अकस्मात् एपेन्डिसाइटिस हुँदा मंगलबार विहान पेट अचाक्ली दुखेको बुझिएको छ । त्यसपछि आकस्मिक रुपमा अस्पताल पुर्याइएको थियो । त्यहाँ रोग पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
किन लुकाइयो मन्त्रीपरिषदको निर्णय ?
किन लुकाइयो मन्त्रीपरिषदको निर्णय ?
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
रुपन्देहीको मर्चवारीमा ग्यास सिलिण्डर विस्फोट
रुपन्देहीको मर्चवारीमा ग्यास सिलिण्डर विस्फोट
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै