धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने

सारांश

  • काठमाडौं।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ।
  • यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको थियो।

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ।यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको थियो। नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोलीले झण्डै आठ घण्टाको प्रयासपछि जहाजलाई तानेर विमानस्थलको पूर्वी तर्फको रिमोट पार्किङमा लागिएको थियो।विमानको प्राविधिक परीक्षण गरी आवश्यक मर्मतपछि पुनःसञ्चालनमा ल्याइने यति एयरलाइन्स वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए। उनले विगतमा पनि धावनमार्गबाट चिप्लिएका विमान प्राविधिकले मर्मत गरेपछि सञ्चालनमा ल्याइने गरेको बताए।

अहिलेको विमानमा धेरै समस्या नपरेको तर, यतिकै इञ्जिनियरले विमानको सबै पाटपूर्जा परीक्षण गरेपछि अवस्था हेरेर सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। मौसमले साथ दिएपछि यति एयरलाईन्स इञ्जिनीयरले उक्त विमानको प्राविधिक परीक्षण र मर्मतको काम आजबाट थालेका छन्।आवश्यक परेमा जहाज निर्माता कम्पनीका इञ्जिनीयर झिकाएर भए पनि विमानको मर्मत गरिने प्रबन्धक राईले बताए। यतिको विमान मर्मतपछि सञ्चालनमा आउने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। “अहिलेको विमानमा धेरै क्षति भएको देखिन्न । विमानको पाटपूर्जा हेरेर सामान्य मर्मतपछि सञ्चालनमा आउनेछ,”उनले भने।

महाप्रबन्धक क्षेत्रीको अनुभवमा विगतमा यस्ता प्रकृतिका ९विमान चिप्लने र धस्सिने० घटनाका कतिपय विमान नचलेका उदाहरण पनि छन्। विमानको मर्मत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पुरा गरेपछि पुनः सञ्चालनमा आउनेछ। विमानको क्षति कति भएको त्यसको प्राविधिक प्रतिवेदनका आधारमा विमान सञ्चालनमा आउने प्राधिकरणको हवाई सुरक्षा विभागका एक अधिकारीले जानकारी दिए।उनका अनुसार हालै रामेछापमा भएको तारा एयरको विमान पनि धावनमार्गबाट चिप्लिएपछि त्यसलाई मर्मत गरी केही दिनभित्रै सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
‘हेर्दाहेर्दै’मा सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ
‘हेर्दाहेर्दै’मा सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ
इजरायल कामदार पठाउने प्रक्रिया सुरु
इजरायल कामदार पठाउने प्रक्रिया सुरु
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
आमा–बुवालाई दिने सुविधाका विषयमा सांसदबीच मतभेद
आमा–बुवालाई दिने सुविधाका विषयमा सांसदबीच मतभेद
सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री ओली
सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री ओली
जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
यसकारण माेदि कांग्रेसको गढमा जाँदैछन्
‘चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी
‘चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी

तपाईंले छुटाउनुभयो कि?