शेरबहादुर देउवा किन सरकार प्रति नरम बने ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओली सरकारप्रति एकाएक नरम बनेका छन् ।
  • लगातार सरकारको विरुद्धमा कडा अभिव्यक्ति दिँदै आएका देउवाले एकाएक सरकारले गरेका राम्रा कामको समर्थन गर्ने भन्दै नरम टिप्पणी गर्न थालेका छन् ।
  • स्याङ्जामा सोमबार आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओली सरकारप्रति एकाएक नरम बनेका छन् । लगातार सरकारको विरुद्धमा कडा अभिव्यक्ति दिँदै आएका देउवाले एकाएक सरकारले गरेका राम्रा कामको समर्थन गर्ने भन्दै नरम टिप्पणी गर्न थालेका छन् ।

स्याङ्जामा सोमबार आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्ने स्पष्ट पारेका छन् । तर, मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न नसकिने पनि उनले स्पष्ट पारेका छन् ।

उनले भने, सरकारले नराम्रो काम गरे समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो ।’’ नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाएका हुन । उनले भने, “मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।”

फरक प्रसङ्गमा सभापति देउवाले काङ्गे्रस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्ने पनि विश्वास दिलाए । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उनलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?