सरकारको नौ महिना ऐतिहासिक: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २१ मंसिर।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाऊ गरेका छन्।
  • जनअपेक्षा अनुसार काम नभएको दावी गर्दै आलोचना भइरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गरेका हुन्।

काठमाडौं, २१ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाऊ गरेका छन्। जनअपेक्षा अनुसार काम नभएको दावी गर्दै आलोचना भइरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गरेका हुन्।

उनले अव सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावी समेत गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा संचालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढ्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उनले सरकारको आलोचकहरुलाई आग्रह गरे। अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता चार वर्ष भित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको बताए। सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाइ छ।

अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अव त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गरे। उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको उल्लेख गरे।  अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
आत्महत्या गरेकी श्रीमतीको फोन हेर्दा श्रीमानको होस उड्यो
आत्महत्या गरेकी श्रीमतीको फोन हेर्दा श्रीमानको होस उड्यो
लेखनाथ नगरपालिका गठन गर्न माग गर्दै सघर्ष समिती गठन
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?