मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
५७ पटक हेरिएको
Shares
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी

सारांश

  • झापा ।
  • चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर–झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।
  • आज मेची रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

झापा । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर–झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । आज मेची रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किपरबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए ।

पहिलो गोलपछि आक्रामक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल ग¥यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरे । खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए । लगत्तै ६० औँ मिनेटमा चौधरीले अर्को गोल थपे ।

मैदानबाट बल अघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो । खेलभर पुलिसको प्रदर्शन कमजोर देखियो । चर्च ब्वाइजले राम्रो प्रदर्शन गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद रु २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेका हुन् ।

जितसँगै चर्च ब्वाइजले क्वार्टरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । मङ्गलबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र सङ्कटाबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबारदेखि सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई रु २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
कार्यकारी अधिकृत नहँुदा विकास निर्माण अलपत्र
कार्यकारी अधिकृत नहँुदा विकास निर्माण अलपत्र
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
काठमाडौंमा १० बजेदेखि मतगणना सुरु हुने
काठमाडौंमा १० बजेदेखि मतगणना सुरु हुने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
धमाधम रंगीला काण्डमा कमरेडहरु
धमाधम रंगीला काण्डमा कमरेडहरु
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने