आइसिपीको मूलढोकामा धर्ना निर्माण कार्य प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आइसिपीको मूलढोकामा धर्ना निर्माण कार्य प्रभावित

सारांश

  • वीरगञ्ज, ११ फागनु, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा उद्घाटनको संघारमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) अगाडि मुआब्जापीडितले १५ दिनदेखि धर्ना दिँदा निर्माण कार्य प्रभावित भएको छ ।
  • आइसिपी नेपाल मुआब्जापीडित ३४६ घरपरिवारले ११० बिघा खेतीयोग्य जग्गाको मुआब्जा माग गर्दै विगत १५ दिनदेखि धर्ना दिँदै आएका छन् ।
  • नेपाल र भारतका सरकारी संयुक्त टोलीले २०६७ असोज १ गते प्रस्तुत गरेको प्रतिवेदनअनुसार सरकारले हालसम्म पीडित किसानलाई मुआब्जा उपलब्ध नगराउँदा सोको विरोधमा आन्दोलनमा उत्रेको संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले राससलाई बताउनुभयो ।

वीरगञ्ज, ११ फागनु, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा उद्घाटनको संघारमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) अगाडि मुआब्जापीडितले १५ दिनदेखि धर्ना दिँदा निर्माण कार्य प्रभावित भएको छ ।

आइसिपी नेपाल मुआब्जापीडित ३४६ घरपरिवारले ११० बिघा खेतीयोग्य जग्गाको मुआब्जा माग गर्दै विगत १५ दिनदेखि धर्ना दिँदै आएका छन् । नेपाल र भारतका सरकारी संयुक्त टोलीले २०६७ असोज १ गते प्रस्तुत गरेको प्रतिवेदनअनुसार सरकारले हालसम्म पीडित किसानलाई मुआब्जा उपलब्ध नगराउँदा सोको विरोधमा आन्दोलनमा उत्रेको संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले राससलाई बताउनुभयो ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसँग जिज्ञासा राख्दा आइसिपीको मूलढोका बाहिर आन्दोलनकारीले धर्ना दिए पनि भित्रचाहिँ काम भइरहेको र यस सम्बन्धमा माथिल्लो निकायलाई जानकारी गराइसकिएको बताउनुभयो ।

भारत सरकारको रु एक अर्ब ३९ करोडको लागतमा सन् २०११ देखि निर्माण शुरु भएको सो आसिपीको काम भारततर्फ सम्पन्न भए पनि नेपालतर्फ भने ९८ प्रतिशत काम पूरा भएको छ । नेपालतर्फका आइसिपी निर्माण गरिरहेको भारतीय परामर्श दाता राइट्स कम्पनी लि आइसिपीको निर्माण कार्य लगभग सम्पन्न अवस्थामा रहेकाले निकट भविष्यमै सञ्चालनमा आउने जनाउको छ ।

आइसिपी निर्माण कार्य लगभग पूरा भए पनि सुख्खा बन्दरगाहदेखि आइसिपीसम्म करिब सात मिटर सडक विस्तार भने हुन सकेको छैन । यसका लागि नेपाल सरकारले अर्थमन्त्रालयमार्फत रु ९० करोडमध्ये रु ३० करोड विनियोजित गरिसकेको छ ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत आइसिपी उद्घाटनको कार्यक्रम बनाएर भारत पठाउने तयारीमा रहेकाले चाँडै नै आइसिपी सञ्चालनमा आउने विश्वास उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok….
    Kp…….
    Khadga Parsad Oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?