संघीयतामा मिडियाको स्वरुप कस्तो हुने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संघीयतामा मिडियाको स्वरुप कस्तो हुने ?

सारांश

  • काठमाडौं ।
  • संघीयतामा मिडियाको स्वरुप कस्तो बनाउने भन्ने विषयमा प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा छलफल शुरु भएको छ ।
  • नेपाल पत्रकार महासंघ प्रदेश ५ ले आयोजना गरेको ‘संघीयतामा सञ्चार’ विषयक अन्तरक्रियामा मिडिया र सरकारबीचको सहकार्यबाट समृद्ध प्रदेशको परिकल्पना साकार हुनेमा जोड दिइएको छ ।

काठमाडौं । संघीयतामा मिडियाको स्वरुप कस्तो बनाउने भन्ने विषयमा प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा छलफल शुरु भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ ले आयोजना गरेको ‘संघीयतामा सञ्चार’ विषयक अन्तरक्रियामा मिडिया र सरकारबीचको सहकार्यबाट समृद्ध प्रदेशको परिकल्पना साकार हुनेमा जोड दिइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सूचना तथा सञ्चार प्रतिष्ठान गठनका लागि ऐन बनाउने प्रक्रिया शुरु भएको उल्लेख गर्दै यसबाट सबै मिडियालाई व्यवस्थित र मर्यादित बनाउन सकिने बताए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले प्रादेशिक संरचनामा मिडिया विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारी मिडिया व्यावहारिक रुपमा स्वायत्त र आत्मनिर्भर नभएका कारण निर्णयमा पुग्न नसकेको टिप्पणी गर्दै प्रादेशिक नयाँ संरचनाको विकास गर्दा ट्रष्टका रुपमा विकास गर्न सकिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?