सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०८०
|
|
१९ पटक हेरिएको
Shares
सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताएकधा छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै उनले गत चैत १० मा ती मन्त्रालयमा परामर्शका लागि पठाइएकामा ताकेता गर्दा पनि हालसम्म सहमति प्राप्त नभएको स्पष्ट गरे ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताएकधा छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै उनले गत चैत १० मा ती मन्त्रालयमा परामर्शका लागि पठाइएकामा ताकेता गर्दा पनि हालसम्म सहमति प्राप्त नभएको स्पष्ट गरे ।

उनले आफूले मन्त्रालयको नेतृत्व गरेदेखि उच्च प्राथमिकताका सो सो विधेयकबारे काम गरिरहेको उल्लेख गर्दै हाल विधेयकबारे मूलभूत समस्यामाथि सहजीकरणका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सरकारले जिम्मेवारी दिएको पनि अवगत गराए ।

विधेयकबारे यही असार १५ गतेभित्र समस्याको समाधान गरिने र उक्त विधेयक जनअपेक्षाअनुसार हुनुपर्ने, विधेयकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयको प्रबन्ध हुनुपर्ने र ट्रेड युनियन अधिकार हटाउनुपर्ने जस्ता सुझाव प्राप्त भएको मन्त्री मोदीले बताए ।

मन्त्री मोदीले मन्त्रालयका लागि आगामी आवका लागि चालु आवको तुलनामा ५३ दशमलव ८७ प्रतिशत बजेट घटेर आएकाले स्थानीय तहबाट माग भएअनुसार कार्यक्रम तय गर्न नसकिएको उल्लेख गरे । उनले सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको पनि जानकारी दिए । उनले सुगम स्थानमा मात्रै बस्ने र दुर्गममा नजाने कर्मचारीको व्यवस्थापनका लागि एक कार्यदल गठन गरिएको जानकारी गराउँदै साउनदेखि स्वचालित सरुवा प्रणाली लागू गर्ने उद्घोष गरे । यसमा राजनीतिक दलको साथ आवश्यक भएको उनको भनाइ थियो ।

मन्त्री मोदीलाई थप स्पष्टीकरण माग गर्दै सांसदहरुले सङ्घीय निजामती ऐन कहिले आउँछ ? कर्मचारी सरुवाका लागि सिंहदरबारमा धाउने प्रवृत्तिको अन्त्य कहिले हुन्छ ? प्रशासनिक सङ्घीयता कहिले सुरु हुन्छ ? भन्ने प्रश्नहरु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन ९ गते विहिबारको राशीफल यस्तो छ
साउन ९ गते विहिबारको राशीफल यस्तो छ
करेन्ट लागेर एक मजदुरको मृत्यु
करेन्ट लागेर एक मजदुरको मृत्यु
किन भए माओवादी-एमालेका आन्तरिक कामकाज ठप्प ?
किन भए माओवादी-एमालेका आन्तरिक कामकाज ठप्प ?
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?
कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी
साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना

तपाईंले छुटाउनुभयो कि?