यसरी मनाए साहरूखले छारीकाे जन्मदिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
यसरी मनाए साहरूखले छारीकाे जन्मदिन

सारांश

  • मुम्बई, ९ जेठ ।
  • बलिउड अभिनेता साहरुख खान र गौरी खानको छोरी सुहाना खान २२ मे बाट १८ वर्षकी भएकी छन् ।
  • छोरीको १८ औँ जन्मदिनको अवसरमा साहरुखले सामाजिक संजालमा एउटा स्पेशल संदेश सहित छारीको तस्वीर पनि पोस्ट गरे ।

मुम्बई, ९ जेठ । बलिउड अभिनेता साहरुख खान र गौरी खानको छोरी सुहाना खान २२ मे बाट १८ वर्षकी भएकी छन् ।

छोरीको १८ औँ जन्मदिनको अवसरमा साहरुखले सामाजिक संजालमा एउटा स्पेशल संदेश सहित छारीको तस्वीर पनि पोस्ट गरे । उक्त पोस्टमा साहरुखले भनेका छन्, ‘मलाई थाहा थियो कि सबै छोरीहरु जस्तै तिमी पनि उड्का लागि बनेकी हौ र तिमि कानुनन् त्यो सबै गर्न सक्छौ जो तिमि चाहन्छौ, लव यु ।’

सुहानालाई बलिउडको सबैभन्दा प्रतिक्षित डेब्यू स्टार किडका रुपमा हेरिएको छ । जबदेखि उनको ग्ल्यामरस अनि बिकिनी तस्वीरहरु सामाजिक संजालमा भाइरल भए तब देखि नै बलिउडमा उनको इन्ट्रिको प्रतिक्षा गरिएको छ ।

आईपीएल ग्रउण्ड देखि लिएर आउटिंग्स सम्म देखिने किंग खान साहरुखको छोरी सुहानाको जन्मदिनमा धेरै सुन्दर तस्वीरहरु पोस्ट भए ।
साहरुखले सुहानाको फ्लाइङ पाश्चरमा खिचिएको तस्वीर सामाजिक संजालमा पोस्ट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?