फरार अभियुक्त पक्राउ
सारांश
- कपिलवस्तु, ४ असोज विगत ३ बर्ष अगाडि कृष्णनगर नगरपालिका–२ कृष्णनगर बस्ने कौशल अलीलाई गोली हानी हत्या गरी फरार रहेका भारत बढनी बस्ने २५ बर्षीय पिन्टु भन्ने अल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
- हुसेनलाई मंगलबार राति मृतकको भाई लगायतका व्यक्तिले कृष्णनगर नगरपालिका–२ स्थित बजारमा फेला पारी प्रहरीलाई बुझाउन लैजाने क्रममा हुसेन भागेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई फेला पारी पक्राउ गरेको थियो ।
- हुसनेलाई पक्राउ गर्ने क्रममा स्थानीय व्यक्तिहरुले हातपात गर्दा निधारमा चोट लागेर घाइते भएकोले उपचारको लागि शिबराज अस्पताल बहादुरगंजमा लगिएको छ ।
कपिलवस्तु, ४ असोज
विगत ३ बर्ष अगाडि कृष्णनगर नगरपालिका–२ कृष्णनगर बस्ने कौशल अलीलाई गोली हानी हत्या गरी फरार रहेका भारत बढनी बस्ने २५ बर्षीय पिन्टु भन्ने अल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
हुसेनलाई मंगलबार राति मृतकको भाई लगायतका व्यक्तिले कृष्णनगर नगरपालिका–२ स्थित बजारमा फेला पारी प्रहरीलाई बुझाउन लैजाने क्रममा हुसेन भागेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई फेला पारी पक्राउ गरेको थियो । हुसनेलाई पक्राउ गर्ने क्रममा स्थानीय व्यक्तिहरुले हातपात गर्दा निधारमा चोट लागेर घाइते भएकोले उपचारको लागि शिबराज अस्पताल बहादुरगंजमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया