जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु

सारांश

  • काठमाडौं।
  • नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु गरेको।
  • उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बिहीबार राजधानीको राष्ट्रियसभागृहमा विशेष कार्यक्रम गरी जनताको जलविद्युत् आयोजना कार्यक्रमको शुभारम्भ गरेको हो।
काठमाडौं। नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु गरेको। उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बिहीबार राजधानीको राष्ट्रियसभागृहमा विशेष कार्यक्रम गरी जनताको जलविद्युत् आयोजना कार्यक्रमको शुभारम्भ गरेको हो। 
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील क्षेत्रमा लगानी बढाउन सवैलाई आह्वान गरे। नेपालले जलविद्युत्को क्षेत्रमा प्रचुर संभावना बोकेकाले यस क्षेत्रमा लगानी वृद्धि गरी आफूलाई सम्पन्नशाली बनाउन उनले सबैलाई आग्रह गरे। 
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उर्जा वर्ष घोषणा गर्ने लक्ष्यसहित सरकारले लिएको नीति अनुसार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गरिएको बताए। यस आयोजनामा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना सामाजिक न्यायको सिद्धान्तको आधारमा गरिने छ भन्ने सरकारको दृष्टिकोण निहीत रहेको बताए। 
स्वदेशी लगानीमै नेपाल भित्र ३ हजार मेघावाटभन्दा बढी जलविद्युत् आयोजना संचालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार जनताको जलविद्युत् आयोजनामा सार्वजनिक गरिएको हो। ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ सुरु गरिएको आयोजना अन्र्तगत सरकारले ३ हजार ७ सय ७९  मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ। 
सो आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर  र प्रभावित क्षेत्रका जनताको १० प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था मिलाईएको छ । आयोजना अन्तर्गत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्व बजेट लाग्ने अनुमान गरिएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?