‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
४१ पटक हेरिएको
Shares
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’

सारांश

  • धनगढी, १ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कामको सिन्को नभाँचेको आरोप लाएका हुन् ।
  • उनले सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको आरोप लगाए ।

धनगढी, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कामको सिन्को नभाँचेको आरोप लाएका हुन् । उनले सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको आरोप लगाए ।

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै सापति देउवाले अहिलेको दुई तिहाई सरकार हत्या हिंसा जस्ता जंघन्य अपराधिक कृयाकलापमा रहेकालाई कानुनको दायरामा नल्याएर जग हसाँउने कार्य गरिरहेको आरोप लगाए ।

सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको आरोप लगाए ।

संसदमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेसको उपस्थिति नभएको एक अर्को प्रश्नमा देउवाले दुई तिहाईकै सरकारमा रहेकाहरुले प्रतिपक्षको भुमिका खेलिरहेको भन्दै यो सरकारको आयु धेरै नरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?