मिसेस युनिभर्स २०१९ मा बिनु
सारांश
- काठमाडौं, पुस ३ ।
- ‘टुडेज उमन मिसेस नेपाल यूके’ बिनु लामिछाने यतिबेला काठमाडौंमा छिन्।
- डिसेम्बर २२ देखि ३० सम्म चीनको गन्जाओमा आयोजना हुने ‘४७औं मिसेस युनिभर्स २०१९’ मा बिनु लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी छन्।
काठमाडौं, पुस ३ । ‘टुडेज उमन मिसेस नेपाल यूके’ बिनु लामिछाने यतिबेला काठमाडौंमा छिन्। डिसेम्बर २२ देखि ३० सम्म चीनको गन्जाओमा आयोजना हुने ‘४७औं मिसेस युनिभर्स २०१९’ मा बिनु लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी छन्।
लामो समयदेखि बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल यूके २०१८ को विजेता बनेपछि मिसेस युनिभर्समा सहभागी हुने मौका पाएकी हुन्। मिसेस नेपाल युनिभर्स २०१८ की विजेता एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनीषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूकेको आयोजना गर्दै आएकी छन्। नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपालीको तर्फबाट यस पटक बिनुले चीनमा सबैको प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सकी नेसनल निर्देशक मनीषाले बताइन्।
प्रतियोगिताको तयारीका लागि बिनुलाई केही दिनबाट कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटीलगायतको प्रशिक्षण दिइरहेका छन्। मिसेस युनिभर्स २०१९ का लागि आफूले अहिले सम्पूर्ण तयारी गरिरहेको बिनुले बताइन्। बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरका रूपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी कोषाध्यक्ष पनि हुन्।
लामो समयदेखि बेलायतमा विभिन्न संघसंस्थासँग जोडिएर सामाजिक सेवा गर्दै आएकी बिनुले नेपाल बाहिर रहेका नेपाली र नेपालको प्रतिनिधित्व गर्दै यस पटक मिसेस युनिभर्समा जान पाउँदा खुसी लागेको बताइन्। उनले यस पटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने बताएकी छन्।
मिसेस युनिभर्सको चयन आगामी ३० डिसेम्बरमा गन्जाओमा हुनेछ। आफू सो कार्यक्रममा सहभागी हुन निकै उत्साहित भएको र आउँदो आइतबार २२ डिसेम्बरमा मिसेस युनिभर्स २०१९ का लागि चीनतर्फ प्रस्थान गर्ने पनि बिनुले बताएकी छन्। अन्नपूर्ण पोस्ट्बाट
प्रतिक्रिया