सरकारलाई एमालेको चेतावनी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०७४
|
|
१३६४ पटक हेरिएको
Shares
सरकारलाई एमालेको चेतावनी  !

सारांश

  • हत्यारालाई २४ घण्टा भित्र कारवाही नगरे आफ्ना कार्यकर्ता सम्हाल्न गारो हुने एमालेको चेतावनी.
  •  नेकपा एमालेका सचिव प्रदिव ज्ञावलीले कुल बहादुर तामाङ्गको हत्यारालाई २४ घण्टा भित्र कार्वाही नगरे एमाले कार्यकर्तालाई सम्हाल्न प्रशासनलाई गार्हो हुने चेतावनी दिएका छन् ।
  • नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन् ।

हत्यारालाई २४ घण्टा भित्र कारवाही नगरे आफ्ना कार्यकर्ता सम्हाल्न गारो हुने एमालेको चेतावनी.  नेकपा एमालेका सचिव प्रदिव ज्ञावलीले कुल बहादुर तामाङ्गको हत्यारालाई २४ घण्टा भित्र कार्वाही नगरे एमाले कार्यकर्तालाई सम्हाल्न प्रशासनलाई गार्हो हुने चेतावनी दिएका छन् । नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन् ।

ज्ञावलीले हत्याराको पहिचान भैईसक्दा पनि सरकारले कारवाहीको प्रकृया अगाडी नबढाएकोमा सरकारलाई फाँसीबाद र गुण्डागर्दी संरक्षणबाद भएको आरोप लगाए । उनले नेपाली कंग्रेसलाई काङ्ग्रेसले लगाउने सेतो दौरा सुरुवाललाई रगतको रातो रङ्गले रङ्गयाउने कि आफ्नो जिम्मेवारीमा प्रष्ट हुने भन्दै कंग्रेसप्रति आक्रोश पोखेका थिए । पार्टी सचिव ज्ञावलीले समाजमा आतङ्क मच्याउने यस्ता अराजक र हत्यारालाई निडर भएर कारवार्ही गर्नमा कसैसंग नझुक्न प्रहरीलाई सुझाव दिए । उनले भने–“पार्टी र सरकार परिवर्तन भैरहन्छन् ।त्यसैले परिर्वतनु हुने पार्टी र सरकारको रिर्माेट हैन कर्तव्य निष्ठा भएर आफ्नो धर्म निभाउन जान्नु पर्छ ।”

एमालेलाई हराउने खेल खेल्नेहरुलाई उनले यस्तो प्रकारको खेल निकै नै महंगो पर्ने चेतावनी समेत दिए । उनले यस्ता अमानविय कृयाकलापप्रति सशंकित नहुन सबैलाई आग्रह गरे ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?