अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का

सारांश

  • काठमाडौं, २४ माघ ।
  • ललिता निवास जग्गा प्रकरण जुन योजनामुताबिक उचालिएको थियो त्यसले देशको राजनीतिमा समेत फेरबदल ल्याउने मार्ग कोरेको छ ।
  • ललिता निवास जग्गामा ठूलै हिनामिना भएको लामो समय बितिसक्दा पनि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि यो उचालियो ।

काठमाडौं, २४ माघ । ललिता निवास जग्गा प्रकरण जुन योजनामुताबिक उचालिएको थियो त्यसले देशको राजनीतिमा समेत फेरबदल ल्याउने मार्ग कोरेको छ । ललिता निवास जग्गामा ठूलै हिनामिना भएको लामो समय बितिसक्दा पनि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि यो उचालियो । ओलीले आफ्नो शक्ति सञ्चय गर्ने र पार्टी्भित्र र बाहिरका विरोधीलाई ठेगान लगाउने हतियारका रुपमा यसलाई प्रयोग गरे जसका लागि उनले तत्कालिन गृहमन्त्री प्रेमकुमार राई देखि पूर्व सचिव शारदाप्रसाद त्रिताललाई अगाडि बढाए ।

प्रेमकुमार राईको ठाडो निर्देशनमा सीआइबीले यसको गहिरो छानविन गरेको थियो । अख्तियारले त पछि मात्र यसबारे फाइल र विवरण संकलन गरेर मुद्दा अगाडि बढायो । ललिता निवास प्रकरणबाट ओलीले पार्टी्भित्र माधवकुमार नेपाललाई साइजमा ल्याएका थिए । यतिसम्मकी डा. बाबुराम भट्टराईलाई समेत साइजमा राख्ने अवस्था बनाए । यो काण्डमा मुछिएका दुवैले यत्तिकै छुटकारा पाएका होइनन् । न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलले समेत सफाई पाए । उनीहरुले सफाई पाउनु अर्थपूर्ण मानिएको छ ।

ललिता निवास प्रकरणमा सफाई पाउन माधवकुमार नेपालले बालुवाटारमा पुगेर सांरगी नै बजाउनुप-यो । बाबुराम भट्टराई पछिल्लो समय चर्का कुरा गर्न छाडेका छन् । ओलीले ललितानिवास प्रकरणबाट धेरैलाई साइजमा ल्याएको यसैबाट बुझ्न सकिन्छ । तर, ललितानिवास प्रकरणमा चारजना पूर्वमन्त्री मुछिएकामा दुईजना नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका निकटस्थ मानिन्छन् । काँग्रेस उपसभापति विजयकुमार गच्छेदारबाट देउवाले धेरै भरोसा गरेका छन् । काँग्रेस महाधिवेशन अर्को वर्ष्भित्र गर्नुपर्ने परिस्थितिका बीच देउवाले गच्छेदारको साथबाट स्पष्ट बहुमतका साथ जित्ने आशा राखेका थिए । फोरम लोकतान्त्रिक काँग्रेससँग मिसिंदा केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्यको संख्यासहित पाउने सहमति त्यसै भएको होइन । यसबाट देउवाले पल्लाभारी बनाउन खोजेका थिए । तर, गच्छेदारमाथि भ्रष्टाचारको गम्भीर मुद्दा लागेपछि उनी स्वतः कमजोर भएका छन् ।

गच्छेदार कमजोर हुनु भनेको देउवाको रणनीतिमा ठूलो धक्का हो । गच्छेदारलाई पार्टी उपसभापति बनाइसकेका उनले आगामी महाधिवेशनमा लाभ लिने योजना बुनेका थिए । गच्छेदार पक्षधरको ठूलो पंक्तिलाई क्रियाशील सदस्यता दिलाएर महाधिवेशन प्रतिनिधिमा केही सय थपिंदा पल्लाभारी हुने उनको रणनीति थियो । त्यसो हुँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहितको कोइराला परिवार, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मिल्दा पनि केही नलाग्ने ठम्याई थियो । तर, राजनीति यसरी मोडिदै गयो कि अब देउवाका लागि गच्छेदार सोचेजस्तो भरोसा रहेनन् । अख्तियारमा मुद्दा परेपछि गच्छेदारको राजनीतिमा मात्र धक्का लागेर देउवाको रणनीतिमा समेत धक्का लाग्न पुग्यो ।

ओलीलाई भनेर ललिता निवास प्रकरणमा जोगाउने देउवाको आश्वासन पनि हावा सावित भएको छ । यतिसम्मकी देउवा निकटस्थ भनी चिनिएका अर्का पूर्वमन्त्री छविराज पन्त समेत जोगिएनन् । जबकि पन्त ललिता निवास जग्गा प्रकरणमा कुनै नीतिगत निर्णयमा सहभागी नभएको जिकिर गर्दै आइरहेका थिए । यो घटनाबाट ओलीले देउवालाई नराम्रो लप्वा खुवाइदिए । ओलीले देउवालाई फेरि एकपटक प्रयोग गरेर फालिदिए । जसका कारण आगामी महाधिवेशनमा पनि देउवा कमजोर हुने अवस्था बनिसकेको छ ।

काँग्रेसभित्रको आन्तरिक राजनीतिमा अख्तियारको मुद्दा प्रकरणले कोइराला परिवारलाई भने सबैभन्दा लाभ पुगेको छ । महामन्त्री डा. सशांक कोइराला देउवाविरुद्ध चुनावी मैदानमा आउने तयारीमा रहेका छन् । कोइरालाहरुको गृहथलो विराटनगर र सुनसरीमा देउवाको चेक एन्ड ब्यालेन्स कमजोर बन्ने अवस्था रहनु कोइराला परिवारका लागि सुदुर भविष्यका लागि लाभदायी बनेको छ । त्यसैले पनि अख्तियारको कदमपछि कोइराला परिवारले तत्काल प्रतिक्रिया जनाइसकेका छैनन् । बरु वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलिसके ।

गच्छेदार कमजोर बनाइनु देउवाका लागि ठूलो धक्का बन्न पुग्दा आउँदो महाधिवेशनसम्म नेपाली काँग्रेसभित्र ठूलो राजनीतिक तरंग आइसक्ने संकेतहरु देखापरिरहेको छ । देउवाले आफ्नो पल्लाभारी बनाउने चालेका कदमहरु विस्तारै भुत्ते सावित हुने अवस्था बन्दै गएको छ । पछिल्लो समय महामन्त्री डा. सशांक कोइराला देउवाविरुद्ध त्यसै आक्रामक रुपमा प्रस्तुत भइरहेका होइनन् भन्ने घटनाक्रमले देखाउँदै लगेको छ । देउवाका एकपछि अर्को रणनीति कमजोर सावित हुँदै जाँदा सशांक कोइरालाले आफूलाई भावी सभापतिका रुपमा उभ्याउँदै लगिरहेका छन् ।(विमर्श साप्ताहिकबाट

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?