सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?

सारांश

  • काठमाडाैं, १४ मंसिर ।
  • मंगलबार सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको पूर्ववत् शैली नै अपनाए ‘जहाँ हेर्यो त्यहीँ सरकार छ ।
  • अब कम पावर भएका चस्मा लगाउनेहरूले पनि सरकार देख्नेछन् ।

काठमाडाैं, १४ मंसिर ।मंगलबार सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको पूर्ववत् शैली नै अपनाए ‘जहाँ हेर्यो त्यहीँ सरकार छ । अब कम पावर भएका चस्मा लगाउनेहरूले पनि सरकार देख्नेछन् ।’ कञ्चनपुरकि निर्मला पन्तको न्यायका निम्ति स्वतःस्फूर्त आवाज उठाइरहेका व्यक्तिहरूलाई त्यो पाच्य भएन । सामाजिक सुरक्षा कार्यक्रमको पोस्टर चोकचोकमा टाँसेर सरकार भएको आभास दिलाउन लागिपरेको सरकारलाई #Impunity माार्फत् जवाफ दिन शुरू गरेका हुन् ।

सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो । निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो । कुनै एक समूहले ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेखित पोस्टर सामाजिक सुरक्षा योजना कार्यक्रमको प्रचारकै शैलीमा चोकचोकमा टाँस्दै ‘सरकारको उदासीनताप्रति व्यङ्ग्य पस्किएका हुन् ।

पोस्टरको पुछारमा लेखिएको छ– जस्टिस डिलेड इज, जस्टिस डिनाइड । अर्थात् ढिला न्याय दिनु न्याय नदिनुसरह हो । काठमाडौँका चोकचोकमा भेटिने पोस्टर कुन समूहले टाँस्यो भनेर खुलाइएको छैन । स्रोतका अनुसार सोही समूहले केही दिनअघि राष्ट्रपतिको गाडी खरिदका लागि व्यङ्ग्यात्मक चन्दा संकलनसमेत गरेको थियो । निर्मलाको न्यायका निम्ति स्वतःस्फूर्त पोस्टर पम्प्लेटमार्फत् नागरिक अभियान शुरू गरिएको बताइएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि #Impunity शुरू भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु
तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
भक्तपुरमा काँग्रेसको अग्रता
भक्तपुरमा काँग्रेसको अग्रता
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल

तपाईंले छुटाउनुभयो कि?