पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडाै, १३ कात्तिक ।
  •   रूघाखोकी, ज्वरो र छातीमा संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कन हतार गरेका छन्।
  • उपचारमा संलग्न चिकित्सकलाई आज (मंगलबार) बिहान प्रधानमन्त्री ओलीले ‘पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ’ भनेका छन्।

काठमाडाै, १३ कात्तिक ।  रूघाखोकी, ज्वरो र छातीमा संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कन हतार गरेका छन्। उपचारमा संलग्न चिकित्सकलाई आज (मंगलबार) बिहान प्रधानमन्त्री ओलीले ‘पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ’ भनेका छन्। ‘प्रधानमन्त्रीलाई अझै एक/दुई दिन अस्पताल मै राख्छौं। उहाँ त जान हतार गरि राख्नुभएको छ। भर्खरै भन्नुभयो’मलाई पर्सि त काममा जान दिनुहोला नि।’

प्रधानमन्त्रीको उपचारको नेतृत्व गरिराखेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्डियोलोजी विभागका प्रमुख प्रा.डा. अरुण सायमीले भने, ‘फकाइफुल्याइकन हामीले भनेको मान्नुस् पठाउँछु भनेका छौं। उहाँलाई पूरा निको बनाएर मात्रै पठाउने हाम्रो कोसिस रहन्छ।’प्रधानमन्त्रीको स्वास्थ्य अस्पताल भर्ना गर्दा (सोमबार विहान ४ बजे)को भन्दा सुधार भएको उनले बताए। ‘उहाँ (प्रधानमन्त्री) को स्वास्थ्य हिजोभन्दा धेरै सुधार आएको छ। ज्वरो, रूघाखोकी हटेको छ,’ सायमीले पत्रकारसँग भने, ‘आज त ब्रेकफास्ट खानुभयो। तपाईंहरूले फोटो खिच्न खोज्नुभएको थियो नि, उहाँ दाह्री काटेर चट्ट ह्यान्सम हुनुभएको छ। सास फेर्न अप्ठेरो थियो सजिलो हुँदै गएको छ।’

प्रधानमन्त्री उपचारमा रहेको फोटो सार्वजानिक भएको छैन। प्रधानमन्त्रीको नियमित हेरचाह गर्ने, औषधी परिवर्तन गर्ने र चेकजाँच गरी रिपोर्ट हेर्ने काम डाक्टर सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह र शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासको टिमले गरेको छ। ‘प्रधानमन्त्रीको मुटु र मृगौलाको अवस्था राम्रो छ। छातीको संक्रमण पनि अहिले ठीक हुँदै गएको छ,’ उनले भने, ‘ब्याक्टेरिया मार्ने एन्टिबायोटिक औषधीले काम सुरु गरिसक्यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?