सरकारले घण्टाको आधारमा कामको न्युनतम ज्याला तोक्दै
सारांश
- काठमाडौं ।
- विकसित देशहरुमा जस्तै नेपालमा पनि कामलाई घण्टाको आधारमा ज्याला तोक्नेगरी श्रम प्रणाली ल्याइने भएको छ ।
- एक घण्टामा एउटा श्रमिकले पाउने ज्याला सरकारले तोक्ने भएको हो ।
काठमाडौं । विकसित देशहरुमा जस्तै नेपालमा पनि कामलाई घण्टाको आधारमा ज्याला तोक्नेगरी श्रम प्रणाली ल्याइने भएको छ । एक घण्टामा एउटा श्रमिकले पाउने ज्याला सरकारले तोक्ने भएको हो ।
योसँगै प्रतिघण्टाका दरले काम गरेबापत भुक्तानी पाइनेछ । न्यूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई समेत कानुनी दायरामा ल्याउँदै श्रम प्रणाली लागू गर्ने भएको हो । श्रम मन्त्रालयका अनुसार घण्टाको पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यसैगरी सरकारले विभिन्न कम्पनी, प्रतिष्ठान, चिया बगान कृषि श्रमिक र घरेलु श्रमिकको पनि न्यूनतम तलब तोक्दैछ । यसरी पहिलोपटक श्रमिकको न्यूनतम तलब पनि तोक्न लागिएको हो । श्रमिकको तर्फबाट न्यूनतम तलब निर्धारण गर्न रोजगारदिने मालिक, श्रमिक, ट्रेडयुनियनसँग छलफल भैरहेको मन्त्रालयले जनाएको छ ।
Meera Heju
राम्रो ।
Surendra Chaudhary
Yo niyam lagu garna sakea ramro huncha