सांसद रामवीर मानन्धरले राजिनामा दिने !
सारांश
- काठमाडौं, २३ असाेज ।
- काठमाडौं क्षेत्र नम्बर सातवाट निर्वाचित सांसद रामवीर मानन्धरले राजिनामा दिने भएका छन् ।
- आज विहान काठमाडौं सातमा नेपाल कम्युनिष्ट पार्टीवाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको भेला आयोजना गरेर मानन्धरले आफुले राजिनामा दिन लागेको जानकारी गराएका हुन ।
काठमाडौं, २३ असाेज । काठमाडौं क्षेत्र नम्बर सातवाट निर्वाचित सांसद रामवीर मानन्धरले राजिनामा दिने भएका छन् । आज विहान काठमाडौं सातमा नेपाल कम्युनिष्ट पार्टीवाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको भेला आयोजना गरेर मानन्धरले आफुले राजिनामा दिन लागेको जानकारी गराएका हुन । बालाजुको अष्टनारायण हलमा भएको भेलामा पार्टीका नेता बामदेव गौतमका लागि आफुले राजिनामा दिन लागेको जानकारी गराएका हुन । राजिनामा गर्ने औपचारिक जानकारी पार्टी नेतृत्वलाई गराइसकेको र औपचारिक निर्णय हुन बाँकी रहेको मानन्धरले भेलामा बताएका छन् । भेलामा सहभागी केही जनप्रतिनिधिले भने मानन्धरलाई राजिनामा नगर्न सुझाव दिएका छन् ।
रामवीरलाई राजिनामा गराएर गौतमलाई उक्त क्षेत्रवाट चुनाव उठाउने नेकपाको तयारी छ । सोमवारको नेकपा बैठकमा पनि मानन्धरको राजिनामाको विषयमा छलफल भएको थियो । राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई वुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्बाचित भएका हुन । पछिल्लो निर्बाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए । नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजिनामा गराएर डोल्पामा चुनाव उठ्ने योजनामा थिए ।
तर बूढाले राजीनामा दिन नमानेपछि काठमाडौंवाट चुनाव उठन लागेका हुन । बामदेव गत निर्वाचनमा बर्दिया क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका संजय गौतमसँग पराजित भएका थिए ।
प्रतिक्रिया