केशबराज झा हत्या: अनुसन्धानमा खटिएको कुकुर घटनास्थलमै घुमिरह्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
केशबराज झा हत्या: अनुसन्धानमा खटिएको कुकुर घटनास्थलमै घुमिरह्यो

सारांश

  • काठमाडाै, ५ भदाै ।
  • पूर्व राजदूत केशबराज झा हत्याको अनुसन्धानमा खटिएको तालिमप्राप्त प्रहरी कुकुर म्याक्सलले घटनामा संलग्न व्यक्ति घटनास्थल झाको घरभित्रै रहेको संकेत गरेको छ।
  •  अनुसन्धानका लागि खटिएको प्रहरी कुकुर म्याक्सल घटनास्थल पुर्याउँदा ऊ घरभित्रै घुमेको थियो।

काठमाडाै, ५ भदाै । पूर्व राजदूत केशबराज झा हत्याको अनुसन्धानमा खटिएको तालिमप्राप्त प्रहरी कुकुर म्याक्सलले घटनामा संलग्न व्यक्ति घटनास्थल झाको घरभित्रै रहेको संकेत गरेको छ। अनुसन्धानका लागि खटिएको प्रहरी कुकुर म्याक्सल घटनास्थल पुर्याउँदा ऊ घरभित्रै घुमेको थियो। घरबाहिर निस्किएन। अनुसन्धान अधिकारीहरुका अनुसार जर्मन सेफर्ड प्रजातीको म्याक्सलले झाको शब र हत्यामा प्रयोग भएको चक्कु सुँघेपछि त्यो व्यवहार देखाएको हो।

अनुसन्धानमा कुकुर प्रयोगसम्बन्धी ज्ञान भएका एकजना प्रहरी अधिकारीका अनुसार म्याक्सलले हत्यारा घरभित्रकै हुनसक्ने तर्फ इंगित गरेको हो। नाम उल्लेख नगर्ने शर्तमा उनले भने ‘प्रहरी कुकुर घटनास्थल वरपर घुम्नुले हत्यामा संलग्न ब्यक्ति त्यही आसपास छन् भन्ने संकेत गर्दछ।’घटनाको अनुसन्धानमा जुटेको महानगरीय अपराध महाशाखाले हत्या लुटपाटका लागि नभएको स्पष्ट पारेको छ। पूर्व राजदूत झाको हत्याको कारण पारिवारिक र नितान्त व्यक्तिगत हुनसक्ने अनुमान प्रहरीको छ। ‘अहिलेसम्म अनुसन्धानका पाटा केलाउने काम भइरहेको छ। हामी अनुसन्धानलाई विभिन्न कोणमा अघि बढाइरहेका छौं,’ महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले सोमबार साँझ  भने, ‘छिटै निष्कर्षमा पुग्न प्रयासरत छौं।’

महाशाखाका अनुसार झाको रक्ताम्य शब भएको कोठामा पाँच जना व्यक्तिको प्रवेश भएको छ। ती सबैलाई प्रहरीले घटनास्थलमै सोधपुछ गरेको थियो।

 

दिवंगत पूर्वराजदूत झाकाे शव घरबाट निकालिँदै। तस्विर: प्रविन काेइराला

झाको हत्या १२ देखि ६ को बीचमा
प्रहरीको अनुसन्धानमा झाको हत्या राती १२ बजेदेखि बिहान ६ बजेका बीचमा भएको देखिएको छ। सोमबार धारामा पानी आउने भएकाले बिहानै उठेर पानी थाप्न सक्रिय हुने झा ६ बजेसम्म उठेका थिएनन्। त्यसपछि घरका सदस्यले गएर हेर्दा उनी रक्ताम्य अवस्थामा फेला परेका थिए। उनको शब देखेपछि परिवार सदस्यले नजिकका आफन्तलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको थियो। घरकै चक्कु प्रहार गरी हत्या गरिएको प्रहरी भनाई छ। बबरमहलमा ठूलो क्षेत्रफलमा ओगटेर बनेको झाको घरको पछाडि कुनामा एउटा निजी बिद्यालय रहेको छ। जहाँ २४ घण्टै सुरक्षा गार्ड बस्छन। यस्तै अघिल्लो बाटो नजिक प्रहरी बिट र अर्को कुनाको उकालोमा पर्खाला लगाएको छ।

अनुसन्धान अधिकारीहरुले घरको चारैकुनामा कसैको प्रवेश वा छेडखानीका संकेत हेर्दा केही भेटिएको छैन। झा सुतेको कोठामा झडपको कुनै संकेत देखिँदैन। उनीसँगै रहेको पाल्तु कुकुर पनि कसैसँग भिडेको संकेत छैन।

तीन कामदारसँग सोधपुछ जारी
प्रहरीले झाको हत्या प्रकरणमा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको अनुसन्धान गरिरहेको महाशाखाले झाको घरमा १० वर्षभन्दा बढी समयदेखि काम गर्दैै आएका कामदार सेतु तामाङ र फुलबारीको काम गर्ने अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

अनुसन्धानमा लिएका तामाङ प्रहरी घटनास्थल पुग्दा त्यहीँ थिए। दुई जना मालीलाई भने प्रहरीले बाहिरबाट नियन्त्रणमा लिएको हो। दुबैलाई घटनास्थलमा लगेर थप जाँच गरेपछि नियन्त्रणमा लिएको हो। महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले थप अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताए। उनले भने ‘शंका लागेर नियन्त्रणमा लिएका छौं, सोधपुछ भइरहेको छ।’

७९ वर्षीय पूर्व राजदूत झा श्रीमती र कामदार सेतुसँगै बबरमहलमा बस्दै आएका थिए। श्रीमती घरको माथिल्लो तलामा र उनी भुइँ तलामा सुत्दै आएका थिए। उनी सुत्ने कोठाको झ्यालको जाली च्यातिएको अवस्थामा भेटिएको छ। कोठामा प्रवेशका लागि दुईवटा ढोका रहेका छन्। घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो।

‘घरमा केही चोरी भएको छैन’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले  भने, ‘घरभित्रै रहेको चक्कु हानेर हत्या भएको देखिएको छ। हामी अनुसन्धान गरिरहेका छौं।’ महाशाखाका अनुसार झालाई चक्कुले टाउकोमा सात पटक प्रहार भएको छ।

झाका छोरा, बुहारी र नाती नातिना एक महिना काठमाडौंमा बिताएर फर्किएको दोस्रो दिन घटना भएको हो। झाका छोरा किरणराज झा परिवारसहित आयरल्याण्डमा बस्दै आएका छन्। शनिबारमात्र त्यसतर्फ गएका उनी आईतबार साँझ डब्लिन पुगेका थिए। शब पोष्टमार्टममा लागि शिक्षण अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि घटनाका बिषयमा थप खुलासा हुनेछ।

(नेपालखबरबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता
‘यसकारण म साउदी अरबबाट भागेँ…’
‘यसकारण म साउदी अरबबाट भागेँ…’
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
जीवन काडा कि फुल चैत २२ मा
जीवन काडा कि फुल चैत २२ मा
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

तपाईंले छुटाउनुभयो कि?