सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
सारांश
- काठमाडौं ।
- सरकारले सीधै अनशनरत डा.
- गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ ।
काठमाडौं । सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए । केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ताटोली पनि हुनेछैन । केसीले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताइसकेकाले सरकार यही तयारीमा लागेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका नेता नारायणकाजी श्रेष्ठ अनौपचारिक तयारीमा लागिसकेको अर्यालले जानकारी दिए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Ramchandra Ranabhat
धेरै राम्रो। गर्नु पर्ने येइ हो ।छिटो बार्ता होस। राम्रो माग को सम्बोधन पनि ।