पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा

सारांश

  • भीमदत्तनगर, २१ असार ।
  •   सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ ।
  • पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिरहँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भने प्रचार÷प्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ ।

भीमदत्तनगर, २१ असार ।  सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ ।

पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिरहँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भने प्रचार÷प्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ ।

प्रदेश नं ७ कै प्रमुख नाका हो गड्डाचौकी । छिमेकी भारतीय राजधानी नयाँ दिल्ली स्थलमार्गका हिसाबले सबैभन्दा नजिक पर्छ । वार्षिक दुई हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक भित्रिने गड्डाचौकी नाकामा रहेको नेपाल पर्यटन बोर्ड कञ्चनपुर शाखा भने विगत चार वर्षदेखि नेतृत्वविहीन अवस्थामा छ ।

मुलुकभित्र भित्रिने बाह्य पर्यटकहरुलाई देशभित्र रहेका विभिन्न पर्यटकीय स्थलका बारेमा जानकारी गराउने, घुम्न प्रेरित गर्ने र पर्यटकलाई समस्या पर्दा समाधानको बाटो देखाउने लगायतका जिम्मेवारी बोकेको गड्डाचौकीस्थित पर्यटन बोर्ड कार्यालय, कार्यालय सहायकका भरमा चलेको छ ।

“चार वर्षदेखि मेरै भरमा कार्यालय छ”, नेपाल पर्यटन बोर्ड कञ्चनपुर शाखाका कार्यालय सहायक थानेश्वर लेखकले रासससित भन्नुभयो, “कार्यालय प्रमुख आउने कुनै सुरसार छैन ।”

गड्डाचौकी भएर भित्रिने तेस्रो मुलुक तथा भारतीय पर्यटकलाई पर्यटकीय क्षेत्रहरुका पर्चा, पम्प्लेट, नक्सा लगायतका प्रचार÷प्रसार सामग्रीसमेत वितरण गर्दै आएका कार्यालय सहायक लेखकले कार्यालय प्रमुख नहुँदा विभिन्न समस्या भोग्नु परिरहेको बताउनुभयो । भारतीय धार्मिक पर्यटकीयस्थल हरिद्वार, ऋिषिकेश लगायतका स्थलसमेत यहाँबाट नजिक पर्छन् ।

त्यसैगरी, भारतीय पर्यटकीयस्थल नैनिताल, मन्सुरी, देहरादुनलगायत पनि यहाँबाट नजिकै पर्छन् । दुई देशबीच समन्वय गर्ने पर्यटन बोर्ड नै नेतृत्वविहीन अवस्थामा छ । चार वर्षअघि कार्यालय प्रमुख जानकी उपाध्याय पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सरुवा भएयता हालसम्म कोही आएको छैन ।

पर्यटन बोर्ड कार्यालयको उत्तरतर्फ धार्मिक पर्यटकीय क्षेत्र ब्रह्मदेव र झिलमिला ताल पर्छन् भने महाकाली नदीमा एशियाकै लामो झोलुङ्गे पुल तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पनि नजिकै छन् । गड्डाचौकीमा पर्यटकलाई सहकजीकरण गर्ने निकायको अवस्था नाजुक हुँदा यहाँका पर्यटीय स्थल ओझेलमा परेका छन् ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका निमित्त प्रमुख पदमराज भट्ट सो नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटक काठमाडाँै, पोखरा, चितवन र बर्दिया बढी मात्रामा घुम्न जाने गरेका बताउनुहुन्छ । “प्रदेश नं ७ का पर्यटीय क्षेत्रको प्रचार÷प्रसार कम भयो”, उहाँले भन्नुभयो । उहाँले पर्यटकलाई यहाँका पर्यटकीय स्थलका बारेमा जानकारी नै नहुँदा समस्या हुने गरेको बताउनुभयो ।

अध्यागमनको रेकर्डअनुसार सन् २०१६ मा गड्डचौकी नाकाभएर दुई हजार ५८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५५९ पर्यटक यो नाकाबाट बाहिरिएका थिए । सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएका थिए भने एक हजार ७८९ जना बाहिरिएका थिए ।

सन् २०१८ को ६ महिनामा एक हजार ६१९ पर्यटक भित्रिएका छन् भने यहाँबाट एक हजार ३८४ पर्यटक बाहिरिएका छन् । निजी क्षेत्रबाट यहाँका पर्यटीय क्षेत्रमा पर्यटक आकर्षण गराउने प्रयास भए पनि सरकारी निकायबाट त्यसतर्फ खासै ध्यान पुग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवहार परिवर्तन गरे पूर्ण निको हुन्छ मानसिक रोग
व्यवहार परिवर्तन गरे पूर्ण निको हुन्छ मानसिक रोग
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र
गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
पाँच विमान किन अचानक भैरहवा अवतरण भए ?
पाँच विमान किन अचानक भैरहवा अवतरण भए ?
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप
सरकारविरुद्ध आन्दोलन गर्ने डिएलएको चेतावनी, स्वेच्छाचारी भएकोे आरोप
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’

तपाईंले छुटाउनुभयो कि?