सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
सारांश
- काठमाडौँ, २७ वैशाख- सरकारले तराईका हावा हुरी/आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता दिने निर्णय गरेको छ ।
- धनुषा, महोत्तरी, सिरहालगायत जिल्लामा आएको हावा हुरीलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को हिजो बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
- प्राकृतिक प्रकोप पीडितका लागि तत्कालका लागि आवास व्यवस्थापनमा दुई बण्डल जस्तापाता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
काठमाडौँ, २७ वैशाख- सरकारले तराईका हावा हुरी/आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता दिने निर्णय गरेको छ । धनुषा, महोत्तरी, सिरहालगायत जिल्लामा आएको हावा हुरीलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को हिजो बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्राकृतिक प्रकोप पीडितका लागि तत्कालका लागि आवास व्यवस्थापनमा दुई बण्डल जस्तापाता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
सरकारले ती जिल्लामा मंगलबार भीषण हावाहुरी सहितको आँधीबेहरीले जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । बैठकले मृतकका परिवारलाई राहतस्वरुप एक लाख रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको पनि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
सँगसँगै गतवषएको असार-साउनमा आएको बाढी र केही समयअघि परेको असिनाबाट प्रभावितका लागि तोकिएको राहत उपलब्ध गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्ले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ स्वीकृत गरेको छ । मार्गदर्शनको कार्यान्वयनले विकास र निर्माण क्षेत्रमा लगानी वृद्धि गर्न प्रोत्साहन मिल्ने र अनुत्पादक क्षेत्रको खर्च कटौती हुने अपेक्षा गरिएको छ ।
बैठकले प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयको विपद् व्यवस्थापन कोषमा र एक अर्ब निकासा दिने भएको छ । दिने भनिएको राहत जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्वस्था छ ।
प्रतिक्रिया