इलामका उम्मेदवार नेम्वाङलाई पाँचथरको चिन्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
इलामका उम्मेदवार नेम्वाङलाई पाँचथरको चिन्ता

सारांश

  • पाँचथर : निर्वाचनको बेला अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका बेला पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको दौडधुप अलि फरक छ।
  • प्रतिनिधि सभाको मंसिर २१ गते हुने चुनावमा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेम्वाङको प्राथमिकतामा यतिबेला आफ्नो क्षेत्रभन्दा पाँचथर परेको छ।
  • आफ्नो पुर्खौली थलो समेत रहेको पाँचथरमा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नै वंशका बसन्त नेम्वाङ उम्मेदवार बनेपछि सुवासले पाँचथरलाई प्राथमिकतामा राखेका हुन्।

पाँचथर : निर्वाचनको बेला अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका बेला पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको दौडधुप अलि फरक छ। प्रतिनिधि सभाको मंसिर २१ गते हुने चुनावमा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेम्वाङको प्राथमिकतामा यतिबेला आफ्नो क्षेत्रभन्दा पाँचथर परेको छ।

आफ्नो पुर्खौली थलो समेत रहेको पाँचथरमा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नै वंशका बसन्त नेम्वाङ उम्मेदवार बनेपछि सुवासले पाँचथरलाई प्राथमिकतामा राखेका हुन्। इलामको आफ्नो निर्वाचन क्षेत्रसँग सिमाना जोडिएको पाँचथरको निर्वाचन क्षेत्रलाई सुवासले प्राथमिकतामा राखेका हुन्।

पाँचथरमा पहिलो चरणअन्तर्गत मंसिर १० र इलाममा दोस्रो चरणमा चुनाव हुँदैछ। त्यसैले पहिले पाँचथरमा खटिने र पछि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने योजनासाथ सुवासले पाँचथरमा दौडधुप बढाएको एमालेका नेताहरू बताउँछन्।

सुवासले वाम गठबन्धले आइतबार तुम्बेवा गाँउपालिकाको मौवमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले आफ्नो वंशभित्रका बसन्त नेम्वाङलगायत वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे।

पाँचथरमा नेम्वाङहरूको बाक्लो बस्ती छ। नेम्वाङ बन्धुहरूको मतमात्र तान्न सकिए वाम गठबन्धनका उम्मेदवारलाई जिताउन सकिने बुझेका सुवासले सोमबार फाल्गुनन्द गाउँपालिकाको इम्बुङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन  गरे। वाम गठबन्धनका उम्मेदवारलाई जिताएमात्र पाँचथरको समृद्धि सम्भव भएको तर्क उनले गरे। ‘बसन्तजस्तो विकासप्रेमी नेता र सम्पूर्ण वाम गठबन्धनका उम्मेदवारलाई जिताए मात्र यहाँको समृद्धि सम्भाव छ’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
साथी भाई सँग टाढा  घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,
नेपालको नदी किनार ‘सि बीच’ को झझल्को
नेपालको नदी किनार ‘सि बीच’ को झझल्को
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
सर्लाहीको सबै ठाउँका मतपेटिका सदरमुकाममा, ११ बजेदेखि गणना हुने
सर्लाहीको सबै ठाउँका मतपेटिका सदरमुकाममा, ११ बजेदेखि गणना हुने
ईयुको बैठकमा नेपालबारे छलफल हुँदैः कालोसूचीबाट हट्ने अन्योल कायमै
ईयुको बैठकमा नेपालबारे छलफल हुँदैः कालोसूचीबाट हट्ने अन्योल कायमै
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित

तपाईंले छुटाउनुभयो कि?