नेपाल संवत् मौलिक पहिचान अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नेपाल संवत् मौलिक पहिचान  अध्यक्ष ओली

सारांश

  • काठमाडौँ, ३ कात्तिक   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताउनुभएको छ ।
  • नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो ।
  • त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो ।

काठमाडौँ, ३ कात्तिक   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताउनुभएको छ ।

नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो,’ भन्नुभएको छ ।

यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उहाँले ‘नेपालीहरु संस्कृतिका धनी छौंँ । यो देशमा बसोवास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो’ उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

(www.softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?