कृषि विकास बैंक ह्याकिङका योजनाकार ‘काले’ भनिने पिटर
सारांश
- कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
- उनी भारतमा बस्छन् ।
- उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।
कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी भारतमा बस्छन् । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
यो समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको पाइएको छ ।
लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको थियो । हृयाकिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ ।
प्रतिक्रिया