दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत

सारांश

  • काठमाडौं, असोज १३ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ ।
  • यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा साथै ११ बजेर ५५ मिनेटपछि टीका लगाउन उत्तम साइत रहेको जनाएको छ ।
  • गएको असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ भएको हो ।

काठमाडौं, असोज १३ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा साथै ११ बजेर ५५ मिनेटपछि टीका लगाउन उत्तम साइत रहेको जनाएको छ ।

गएको असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ भएको हो । त्यसदिन बिहान घटस्थापना गरिएको थियो । त्यसैगरी ९ गते सोमबार पचली भैरव यात्रा गरियो । ११ गते बुधबार दसैँ घर वा कोठामा फूलपाती भित्र्याइयो । फूलपातीका दिन नै तुलजा भवानी यात्रा गरिएको थियो । फूलपातीकै दिन बिहान तुलजा भवानीलाई स्थिरासन गराइएको छ । यस्तै बिहीबार महाअष्टमीमा राति कालरात्रि पूजा गरियो । आज शुक्रबार महानवमीको पूजा गरिएको छ ।

यसरी लगाउनुस् टीका

शनिबार विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । विजया दशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रासमेत हुनेछ । शनिबार मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अहिले शुक्र पूर्वतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कन उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

बुधबार बलि पूर्ति

असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ । नेपालभर दसैँ महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दसैँ मनाउने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यू
भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यू
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
कहाँ पुग्यो वाम एकता !
कहाँ पुग्यो वाम एकता !
न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?
न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?
कालिमाटिमा हड्ताल गर्ने तरकारी व्यापारीको दर्ता खारेज हुने
कालिमाटिमा हड्ताल गर्ने तरकारी व्यापारीको दर्ता खारेज हुने
अयोग्य हठर्‍याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
अयोग्य हठर्‍याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु
थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु

तपाईंले छुटाउनुभयो कि?