सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल

सारांश

  • काठमाडौं, माघ १६ ।
  •   नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाले र माओवादी पार्टी एकता प्रक्रियामै केन्द्रित भएको भन्दै भागबण्डामा रुमल्लिएको भन्ने भनाईको खण्डन गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले एकता प्रक्रिया अगाडि बढ्दै गएको बताए ।

काठमाडौं, माघ १६ ।  नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाले र माओवादी पार्टी एकता प्रक्रियामै केन्द्रित भएको भन्दै भागबण्डामा रुमल्लिएको भन्ने भनाईको खण्डन गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले एकता प्रक्रिया अगाडि बढ्दै गएको बताए ।

सरकार निर्माण प्रक्रियाका कारण एकता प्रक्रिया नरोकिने उनको भनाई छ । ‘पार्टी एकता र सरकार निर्माणको प्रक्रिया सँगसँगै अगाडि लैजान्छौँ ’ रावलले भने । ‘एकताको मुख्य स्वार्थ भनेको राष्ट्रिय हित हो । नेपाली जनता र देशको प्रगति हो । विचार र संगठनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय एकसाथ अगाडि बढाउँछौँ ।’

नीति र नेतृत्वमा सहमति गरेरै पार्टी एकता गरिने रावलको दाबी छ । अहिलेको अवस्थामा सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था नरहेको उनको भनाई छ । ‘अलिकति समय त लाग्छ । सरकार निर्माणको प्रक्रिया अगाडि आइहाल्यो भने हामी पर्खिन सक्दैनौँ । सँगसँगै पार्टी एकताका कामहरुपनि भइरहेको छ ।’ रावलले भने ।

रावलले आजै एमाले स्थायी समिति बैठक बस्ने जानकारी दिएका छन् । पार्टी एकता, प्रदेशमा मुख्यमन्त्री, सभामुख, मन्त्री चयनबारे छलफल गर्नका लागि बैठक बस्न लागिएको रावलले बताए ।

पार्टी एकताको विषयमा पनि बैठकमा छलफल हुने उनको भनाई छ ।

(https://fiberclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाईंको राशिफल
यस्तो छ तपाईंको राशिफल
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
मुग्लिन-नारायणगढ सडक शनिबार दिनभर बन्द हुने
मुग्लिन-नारायणगढ सडक शनिबार दिनभर बन्द हुने
बिधुत अभावका कारण तीनवटै टेलिसेन्टर बन्द…
बिधुत अभावका कारण तीनवटै टेलिसेन्टर बन्द…
विनियोजन विधेयक बहुमतबाट स्वीकृत
विनियोजन विधेयक बहुमतबाट स्वीकृत
दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिकलाई फर्काइयो
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

तपाईंले छुटाउनुभयो कि?