बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

सारांश

  • काठमाडौं १० जेठ ।
  • मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् ।
  • विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए ।

काठमाडौं १० जेठ । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए ।

बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अभियुक्तविरुद्ध मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुरमा मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको छ । अन्नपूर्ण पोस्ट् दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?