गर्मीमा मेवा सेवन गर्दा हुन्छ यस्तो फाइदाहरू

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
गर्मीमा  मेवा सेवन गर्दा हुन्छ यस्तो फाइदाहरू

सारांश

  • काठमाडौँ ।
  • बजारमा तथा गाउँघरमा सहज रुपमा पाइने पेट तथा मुटु दुबैको लागि लाभदायी मानिने एकदमै मिठोे फल मेवा हो ।
  • यो सहजै फलाउन सकिने फल पनि हो ।

काठमाडौँ । बजारमा तथा गाउँघरमा सहज रुपमा पाइने पेट तथा मुटु दुबैको लागि लाभदायी मानिने एकदमै मिठोे फल मेवा हो । यो सहजै फलाउन सकिने फल पनि हो । गर्मी मौसममा मेवाको सेवन अत्याधिक मात्रामा गरिन्छ । र यो फललाई अमृत समान खाने गरिन्छ ,मेवा भिटमनि ए को प्रमुख स्रोत हो ,यसका साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पनि पर्याप्त पाइने भएकाले यसको सेवन गर्नु अनुहारको लागी पनि उपयुक्त मानिन्छ । यस्ता छन् यसका फाइदाहरु

 

१.मेवाको नियमित सेवनले विभिन्न रोग लाग्न बाट बचाउँछ मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ

२. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको शरीरमा कमी हुन दिँदैन ।

३. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्छ ।

५. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई विशेष गरि सुन्दर र स्वस्थ राख्न मद्दत गर्छ ।

६. मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा निको हुन्छ र थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।

७. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

८. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले कलेजोलाई क्रियाशील बनाउने काम गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?