छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

सारांश

  • काठमाडौं।
  • जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको छ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पूर्जी प्राप्त भएको पुष्टि गरे ।

काठमाडौं। जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पूर्जी प्राप्त भएको पुष्टि गरे ।३ दिनअघि छविकी पहिली पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । यही उजुरीका आधारमा उनीहरुलाई पक्राउ पूर्जी जारी गरिएको हो ।

छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन् । यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएका छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजाय समेत पाउन सक्छन् ।

यो पनि पढ्नुहोस

कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै
काठमाडौं, साउन ८ । बलिउडमा सन्नी लियोनी र करीना कपूर खान चर्चित अनुहार हो । यी दुबैले केही वर्ष पहिले विवाह गरेका हुन र अहिले आमा पनि बनेका छन् । तर अहिले दुईको छोराको अनुहार ठ्याक्कै उस्तै भएपछि त्यो चर्चाको विषय बनेको छ । चर्चित दुई बलिउड अभिनेत्रीका छोराहरूको अनुहार कसरी ठ्याक्कै मिल्यो भन्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ ।

अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआको अनुहार मिलेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला पनि चलेका छन । सन्नी लियोनीले तैमूर निकै क्युट भएको बताएकी छिन । उनले आफ्नो छोरा नोआ पनि कम नभएको बताइन । तस्वीरमा नोआ हूबहू तैमूर र अली जस्तै उस्तै उस्तै देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?