सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल

सारांश

  • लमजुङ, २३ वैशाख, रक्षामन्त्री ईश्वर पोखरेलले अब सरकार परिवर्तनको अध्याय सकिएको बताउनुभएको छ ।
  • जिल्लाको क्होलासोँथारमा आयोजित १९औँ घलेगाउँ महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुक अब सृमद्धिको बाटोमा अघि बढेको छ, सरकार जनतालाई समृद्ध बनाउने विषयमा लागिपरेको छ ।
  • ” मन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने बताउनुभयो ।

लमजुङ, २३ वैशाख, रक्षामन्त्री ईश्वर पोखरेलले अब सरकार परिवर्तनको अध्याय सकिएको बताउनुभएको छ ।

जिल्लाको क्होलासोँथारमा आयोजित १९औँ घलेगाउँ महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुक अब सृमद्धिको बाटोमा अघि बढेको छ, सरकार जनतालाई समृद्ध बनाउने विषयमा लागिपरेको छ ।”

मन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनताको जीवन र रोजगारसँग नगाँसिए पर्यटन क्षेत्रको विकास हुन नसक्ने दाबी गर्नुभयो ।

“घलेगाउँलाई दक्षिण एसियामा मात्र नभई विश्वभर चिनाउनु पर्छ,” उहाँले भन्नुभयो, “आफ्नो पहिचानलाई उत्पादन, समृद्धि र रोजगारीसँग जोड्ने गरी आफ्नो गतिविधि गर्नुपर्छ ।”

घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा, पूर्वसांसद जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारीलगायतले घलेगाउँ पर्यटनका लागि देशकै गहना भएको बताउनुभयो । आजदेखि शुरु भएको सो महोत्सव मंगलबारसम्म चल्ने छ ।

राससकर्मी पौडेल सम्मानित

उन्नाइसौँ घलेगाउँ महोत्सवको अवसरमा राष्ट्रिय समाचार समितिका लागि लमजुङ समाचारदाता सन्देश पौडेल सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यामबाट घलेगाउँको पर्यटन प्रर्वद्धनमा योगदान पु¥याएको भन्दै पौडेललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रक्षा मन्त्री ईश्वर पोखरेलले सम्मान पत्र तथा भादगाउँले टोपी लगाईदिएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Thokar Kumar

    हेरदै जाउ कतिसम्म टिक्छ!!

    Comment Author

    Jirel Tika

    हा हा हा हा !!!! राजनीति हो राजनिती जे पनि हुन सक्छन् ?!!

    Comment Author

    Parsu Regmi

    Natra khuski halx mantri pad

    Comment Author

    Madhab Bhatt

    Mero t baki nai x ni !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
एएफसी यु–१६ महिला च्याम्पियनसिप
एएफसी यु–१६ महिला च्याम्पियनसिप
चिकित्साशास्त्रका विद्यार्थीले गरे अव्यवहारिक प्रावधान सच्याउन माग
चिकित्साशास्त्रका विद्यार्थीले गरे अव्यवहारिक प्रावधान सच्याउन माग
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
Ways To Shop For Legalni Bukmacherzy Zestawienia
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती
प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै

तपाईंले छुटाउनुभयो कि?