भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?

सारांश

  • भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्।
  • त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्।
  • शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्। चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्।

त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो। भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए।

नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए। राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन्। यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ। उनी पार्टी र संसद्मा समेत छन्।

नेपाल आएका टोलीका अधिकांश सदस्य इन्टरनेसनल वामपन्थी युवा शक्तिमा आबद्ध छन्। साम्राज्यवादविरोधी युवा–विद्यार्थी संगठनहरूसँगको भाइचार सम्बन्ध विकास गर्ने उद्देश्यसाथ उनीहरू काठमाडौं आइपुगेका हुन्। आइतबार उनीहरूले राजधानीको पाँचतारे होटल ‘याक एन्ड यती’मा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल,

नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईं, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको उपस्थितिमा दुई देशबीचको सम्बन्ध विस्तार र विकासका सन्दर्भमा युवा–विद्यार्थीका नेताहरूसँग अन्तक्र्रिया गरेका थिए। त्यसपछि नेकपा सचिवालय सदस्य गौतमसँग भेटघाट गरे। भैंसेपाटी आवास क्षेत्रमा रहेको निवासमै पुगेर उनीहरूले नेता गौतमसँग

करिब साढे दुई घण्टा कुराकानी गरेका थिए। उक्त भेटघाटमा नेकपाकै केन्द्रीय सदस्य बलराम बास्कोटा पनि सहभागी थिए। ‘दुई देशबीचको सम्बन्ध, दुवै देशले आ–आफ्नै विशेषतासाथ भन्दै आएको समाजवादलगायत विषयमा नेता गौतम र भेनेजुएलाको टोलीबीच छलफल भयो,’ भेटमा सँगै रहेका नेता बास्कोटाले अन्नपूर्णसँग भने।

बास्कोटा राष्ट्रपति निकाले मादुरोको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन पुस २७ गते भेनेजुएला पुगेका थिए। उक्त कार्यक्रममा ७२ देशका सरकारी र कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए। नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीले नेकपाका प्रवक्ता श्रेष्ठसँग पनि आइतबारै कुपन्डोलस्थित होटल समिटमा भेटघाट गरेको थियो।

साँझ भने सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेतासँग डिल्लीबजारस्थित भोजनगृहमा भेटघाट भएको थियो। भेनेजुएलाको मन्त्रिमण्डलमा ५० प्रतिशत युवाको प्रतिनिधित्व गराइन्छ। टोलीमा आएकामध्ये तीन जना युवामन्त्री रहेको स्रोतले जनायो। तर, तिनको विस्तृत विवरण खुल्न सकेन। युवा संघका अध्यक्षसमेत रहेका

नेकपा केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले टोलीमा रहेकाहरू को–को के हुन् भन्ने जानकारी आफूहरूसँग पनि नरहेको बताए। ‘हामीलाई उहाँहरू त्यहाँको इन्टरनेसनल वामपन्थी युवा संगठनमा आबद्ध रहेका साथीहरू हुनुहुन्छ भन्ने जानकारी छ। हाम्रै निम्तोमा उहाँहरू आउनुभएको हो। अन्य उहाँहरू को–के, कसका नातेदार भन्ने हामीलाई भनिएको छैन,

जानकारी पनि छैन’, उनले भने। भ्रमण टोलीले युवा विद्यार्थीदेखि नेकपाका नेताहरूसँगको भेटघाटमा भेनेजुएला र नेपालको भौगोलिक अवस्था करिब उस्तै रहेको, नेपाल कृषिप्रधान देश भएको र भेनेजुएलाले पनि कृषिलाई प्राथमिकता दिँदै आएको, साम्राज्यवादविरुद्ध लडाइँमा नेपाल र भेनेजुएला दुवै देश रहेकाले पनि आगामी दिनमा दुई देशको

सम्बन्ध विस्तार गर्दै जाने विषय उठाएको स्रोतले जनायो। दुई देशबीचको सम्बन्ध सुधारका लागि राजदूतावास नै राखेर जानुपर्नेमा छलफलका क्रममा दुवै पक्षले जोड दिएका थिए। भेनेजुएलामा पछिल्लो चरण राजनीतिक संकट चुलिँदो छ। सार्वभौम देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यहाँको राजनीतिक संकटका विषयमा

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले १० माघमा वक्तव्यसमेत दिएका थिए। दाहालको उक्त वक्तव्यपछि देशभित्रै उनको पार्टी्भित्रै र बाहिर पनि विवाद निम्त्याएको थियो। भेनेजुएलाको राजनीतिक संकटलाई हेर्ने दृष्टिकोणमै नेपालका राजनीतिक दल र तिनका नेतामा धु्रवीकरण ल्याइदिएको थियो।

नेकपा अध्यक्ष दाहालको वक्तव्यपछि नेपालस्थित अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयलाई भेनेजुएला प्रकरणमा नेपालको धारणा माग गरेको थियो। पछि नेकपा र परराष्ट्रले दाहालकै वक्तव्यलाई बल पुग्ने गरी आफ्नो धारणा सार्वजनिक गरेको थियो। भेनेजुएलामा राजनीतिक संकट यथावत् छ। त्यसले केही दिन चिसिएको

नेपाल–अमेरिका सम्बन्ध पुनः सामसुमझैं देखिएको छ। त्यसपछि अध्यक्ष दाहालपत्नी सीताको उपचारार्थ अमेरिका भ्रमण गरी फर्किएका छन्। राष्ट्रपति निकोलास मादुरेलाई रुस, चीनलगायत देशले साथ दिइरहेका छन् भने युरोपियन युनियन, अमेरिकालगायतले विपक्षी दलका नेता हुवाँ गुवाइदोलाई साथ दिइरहेका छन्।

नर्वेले राजनीतिक निकासका लागि दुवै पक्षबीच संवादको पहल गरिरहेको छ। अहिले त्यहाँको संकट सुध्रिनेमा दुवै पक्षले आशा देखाएका छन्। नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीको भेटलाई ‘गोप्य’ बनाउनकै लागि प्रधानमन्त्रीलगायत मन्त्रीहरूसँगको भेटलाई भने कार्यसूचीमा राखिएको छैन। उनीहरूको टोलीलाई सोमबार नगरकोट, चन्द्रागिरिलगायतका साइड सिन भ्रमणमा लैजाने कार्यसूची युवा संघले बनाएको छ। टोली मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ। अन्नपुर्ण पोष्टबाट

इंगल्याण्ड बन्यो क्रिकेक विश्वविजेता
सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधी हात पारेको छ। बराबरीमा टुंगिएपछि सुपर ओभरमा इङ्ल्यन्डले न्युजील्यान्डलाई जीतका लागि १६ रनको लक्ष्य दिएको थियो। एक ओभरमा न्युजील्यान्डका तर्फबाट ट्रेन्ट बोल्टले सुपर ओभर बलिङ् गरेका थिए। उनले १५ रन दिए। ब्याटिङ्मा इंग्लाण्डका बेन स्टोक्स र जोस बटलर थिए।

इंग्ल्याण्डका जोफ्रा आर्चरले सुपर ओभर बलिङ् गरेका थिए। मार्टिन गप्टिल र निसम ब्याटिङ्मा थिए। आखिरी बलमा २ रन जोड्न असफल हुँदा न्युजील्यान्ड रनर अपमै सीमित भयो।

आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लागेको हो। फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको थियो।

यसअघि फाइनलमा पुगे पनि न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड फाइनलमा पुगेका थिए। लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीले लिगको शीर्षस्थानमा रहेका भारत र अस्ट्रेलियालाई सेमिफाइनलबाट बार्हियाएका थिए।

पहिलो इनिङ्समा न्युजील्यान्डले २ सय ४१ रनमात्र बनाउँदा इङ्ल्यान्डले सहज जिते निकाल्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो इनिङ्समा न्युजील्यान्डको धारिलो बलिङले खेललाई फरक मोडमा र्पुयायो। निर्धा्िरत ५० ओभर पूरै खेल्दै न्युजील्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो।

हेनरी निकोलसले न्युजील्यान्डका लागि सर्वा्िधक ५५ रन जोडेका थिए। टम लेथमले ४७ रनको योगदान दिए भने केन विलियम्सले ३० रन बनाएका थिए।

६.२ ओभरमा मार्टिन गुपटिल एलबीडब्लुबाट आउट भएपछि न्युजील्यान्डको रन रफ्तारमा केही ब्रेक लागेको थियो। केन विलियम्स क्याच आउट भएर दोस्रो विकेट पतन हुँदा १ सय २ रन जोडेको थियो। न्युजील्यान्डको मध्यक्रम त्यसपछि लड्खडायो। सत्ताइसौ ओभरमा हेनरी र चौतिसौं ओभरको सुरुमै रोज टेलर आउट हुँदा इङ्ल्यान्ड बलियो देखियो। तर, त्यसपछि सम्हालिँदै खेलेको न्युजील्यान्डले मध्यम स्तरको लक्ष पेश गर्न सक्यो।

दोस्रो इनिङ्स घरेलु मैदानमा आयोजकलाई सोचेजति सहज भने बनेन। २८ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डले २४ औं ओभरसम्म (२३.१ ओभर) ४ विकेट गुमाइसकेको थियो। त्यतिखेर उसको खातामा ८६ रनमात्र थियो। मध्यक्रमका आएका बेन स्टोक्स र जस बटलरको जोडीले बलियो साझेदारी पेश गर्दा लड्खडाइसकेको इङ्ल्यान्ड घरेलु दर्शकबीच सम्हालिन पुग्यो।

उनीहरुको साझेदारीले इङ्ल्यान्डलाई जित उन्मुख र्पुयाएको थियो। मध्यक्रममा ब्याटिङमा आएको यी दुवै अर्धशतकीय पारी खेले। बलटर ५९ रन बनाएर फर्गुसनको बलमा क्याच आउट भए। ४७ ओभरको पहिलो बलमा नै फर्गुसनले छैटौं विकट लिएपछि इङ्ल्यान्डको यात्रा जोखिमपूर्ण बनेको थियो। इङ्ल्यान्डका लागि अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो। ४८.३ ओभरमा घरेलु टिमले थप एक विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। ४९ ओभरका दुई बलमा एकरएक रन बटुलेको टिम इङ्ल्यान्ड थप दवावमा पुगेको थियो। स्ट्राइकमा रहेका वेन स्टोक्सले छक्का प्रहार गरेर बलरमाथि नै दवाव दिए तर त्यही ओभरको आखिरी बलमा इङ्ल्यान्डले विकेट गुमायो। अन्तिम ओभरमा इङ्ल्यान्डसामु जितका लागि १५ रन जोड्नुपर्ने अवस्था थियो भने खातामा २ विकेटमात्र बाँकी।

न्युजील्यान्डका ट्रेन्ड बोल्टले धारिलो बलिङ गर्दै दुई डट हाने। तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे। ३ बलमा ९ रन चाहिन्थ्यो इङ्ल्यान्डका लागि। स्टोक्सले फेरि छक्का प्रहार गरे २ बलमा ३ रन आवश्यक थियो। जसले खेललाई निक्कै रोमाञ्चक बनायो।

१ बल र २ रन बाँकी रहँदा दर्शकहरुको सास नै रोकिने स्थिति बन्यो। फेरि विकेट। अन्ततस् खेलमा इङ्ल्यान्डले पनि २ सय ४१ नै रन बनायो। स्टोक्सले ८४ रनमा नटआउट रहे। त्योसँगै खेलको जित हार सुपर ओभरबाट निर्धा्िरत भएको हो ।

कार वा बाइक पानीमा डुब्दा भुलेर पनि यी ३ कुरा नगर्नुस्
अहिले देशव्यापीरुपमा परेको अविरल वर्षाका कारण देशका धेरै स्थान डुबानमा परेका छन् । डुबानसँगै धेरै स्थानमा बाइक वा गाडी डुबाएको तस्विर वा दृश्य समेत अहिले सामाजिक सञ्जालहरुमा जतासुकै देख्न सकिन्छ । पानीमा यसरी कार वा बाइक डुब्नु पक्कै राम्रो होइन । पानीमा सवारी साधन डुब्दा धेरै क्षति पुग्न सक्छ । गाडी बिग्रने समस्या त छँदै छ इञ्जिन समेत बिग्रने प्रवल सम्भावना हुन्छ पानीमा डुब्दा ।

त्यसैले वर्षायामको समयमा ड्राइभिङ गर्दा अतिरिक्त सावधानी अपनाउनु पर्ने हुन्छ । बर्षाको समयमा जताततै पानी जमेका हुन सक्छ । त्यसैले पानी जमेको अवस्थामा ड्राइभिङ गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।

पानी भएको ठाउँमा कार पार्किङ नगर्नु
बर्षाको समयमा सडकको साथ साथै पार्किङ स्थलमा पनि पानी भरिएको हुन्छ । यस्तो अवस्थामा कार पार्किङ गर्नु वा रोक्नु परेमा सकेसम्म पानी नजमेको स्थान हेर्नु पर्छ । पानी जमेको स्थानमा कार रोकेमा पानी कार भित्र छिर्ने डर रहन्छ । जसको कारण अनेक झन्झट उत्पन्न हुन सक्छ ।

पानीमा बन्द भएको कार रिस्टार्ट नगर्नु
भारी बर्षाको कारण कैयौं स्थानमा कार वा बाइकलाई पानीले नै ढाकेको हुन्छ । यस्तो बेलामा पानी कारको इन्जिनमा गएर स्टार्ट बन्द हुने खतरा हुन सक्छ । यदि पानीको कारणले स्टार्ट बन्द भएको खण्डमा पुन स्टार्ट गर्ने मुर्खता गर्नु हुन्न । यसले इन्जिन विग्रने खतरा हुन्छ । कारलाई ठेलेर पानी भन्दा बाहिर निकाल्ने कोशिस गर्नु वा पानीको स्तर कम हुने समयसम्म पर्खिरहनु अनि मात्र स्टार्ट गर्नु राम्रो हुन्छ । यस्तो अवस्थामा पनि स्टार्ट नभएमा मेकानिक्ससँग सम्पर्क राख्नु उचित हुन्छ ।

पहिलो गियर भन्दा माथिको गियर प्रयोग नगर्नु
जमेको पानीबाट कार वा बाइक निकाल्दा जहिले पनि कम स्पिडमा ड्राइभिङ गर्नु पर्छ । जमेको पानीमा कार जहिले पनि पहिलो गियरमा चलाउँनु पर्छ । यसले इन्जिनमा पानी छिर्न पाउँदैन । आवश्यक परेको समयमा ब्रेक लगाउँन पनि सजिलो हुन्छ । याद राख्नुस् जमेको पानीमा ड्राइभिङ गर्दा जहिले पनि स्पिड कम गर्नु पर्छ र हल्का ब्रेक पनि समाइराख्नु पर्छ ।

पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई
भारतमा इलेक्ट्रिक कार कोना लन्च गरे पश्चात्त हुन्डाईले अब आधुनिक टेक्नोलोजी भएको कार लन्च गर्ने तयारीमा लागेको छ । हुन्डाई ग्रीन मोबिलिटीमा एक कदम अगाडि बढेर पहिलो हाइड्रोजन अर्थात् पानीबाट चल्ने कार लन्च गर्ने तयारीमा लागेको छ ।

हुन्डाईले यो प्रविधिको कार लन्च गरेमा हुन्डाई भारतको पहिलो हाइड्रोजनबाट चल्ने कार निर्माण गर्ने कम्पनी हुनेछ । कम्पनी हाइड्रोजनबाट चल्ने कार नेक्सो लन्च गर्ने तयारीमा लागेको छ । हुन्डाईले हालै इलेक्ट्रिक एसयूभी कोना लन्च गरेको थियो । सो कारले सिंगल चार्जमा ४५० किलोमिटरको दुरी तय गर्छ ।

जानकारी अनुसार हाइड्रोजनबाट चल्ने कार नेक्सो कोरियामा उपलब्ध हुनेछ । सन् २०२१ सम्ममा सो कार भारतमा पनि लन्च गरिने छ ।

हालको लागि यस प्रकारको कार निर्माणमा हुन्डाई बाहेक अरु कुनै कम्पनीले चासो दिएको छैन । तर जापानिज कम्पनी टोयोटाले हाइड्रोजन कारको लागि केही चासो दिए पनि हाल सो कम्पनीले इलेक्ट्रिक र हाइब्रिड टेक्नोलाजी कारमा फोकस गरिरहेको छ ।

हाइड्रोजन नेक्सोमा ५ ढोका हुनेछ र यसमा ५ सिटर स्पोर्ट युटिलिटी भेइकल हुनेछ । सो कार एसयूभी क्रेटा भन्दा लामो हुनेछ । नेक्सोमा १२० किलोवाटको ब्याट्री जडान गरिनेछ । जसले १६३ पीएसको पावर दिनेछ । सो कारको फ्युल ट्यांकमा १६३ लिटर हाइड्रोजन भर्न सकिन्छ ।

कोना भन्दा नेक्सोको ड्राइभिङ रेन्ज बढी रहेको छ । कोरियामा नेक्सोको ड्राइभिङ रेन्ज ८ सय किलोमिटर रहेको छ भने भारतमा १ हजार किलोमिटर रहेको छ । भारतीय सरकारले पनि हाइड्रोजन कारलाई प्रवद्र्धन गर्ने सकारात्मक तयारी गरेको छ । जीएसटी काउन्सिलले पनि कर २८ प्रतिशतबाट घटाएर १२ प्रतिशतमा झारेको छ ।

हुन्डाईले सबै ग्राहकको पहँुच पुग्ने गरी इलेक्ट्रिक र हाइड्रोजन कार निर्माण गर्न लागेको हो । इलेक्ट्रिक कारको रेन्ज बढाउनको लागि अन्तराष्ट्रिय स्तरमा फ्युल सेल टेक्नोलोजीको प्रयोग गर्न लागेको हो । केही कमर्सियल प्रोजेक्टमा सो टेक्नोलोजीको प्रयोग गर्ने तयारी शुरु भइसकेको छ ।

हुण्डाई क्रेटालाई टक्कर दिन आउँदैछ फोर्डको एसयूभी
फोर्डले टेरिटोरी नामक नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । विशेष गरी चिनिया बजारलाई लक्ष्यित गरी ल्याइने सो एसयूभी सन् २०१९ देखि चाइनिज बजारमा उपलब्ध हुनेछ ।

फोर्डको हाल प्रचलित इकोस्पोर्ट भन्दा यो माथिल्लो रेन्जमा हुनेछ । यसको प्रतिस्पर्धा हुन्डाई क्रेटासँग हुनेछ । जेएम कर्पोरेसनसँग मिलेर फोर्डले टेरिटोरी एसयूभीको निर्माण गरेको हो ।

फोर्ड टेरिटोरीमा अघिल्लो भागमा क्रोमयुक्त ग्रिल छ । यसको दुवैतिर होरिजन्टल हेडल्याम्प्स छन् । साइडको भागमा ध्यान दिएर हेर्दा फराकिलो ह्विल आर्क र सार्प कर्भ लाइन उपलब्ध छ ।

क्याबिन पनि प्रिमियम छ । यसको सेन्टरमा ठूलो इनफोटेनमेन्ट स्क्रिन छ । स्क्रिनको तल्लो भागमा फोर्डको मस्ट्याङ जस्तै टोगल स्विच कन्ट्रोल छ ।

यसमा ड्राइभर असिष्टेन्स टेक्नोलोजी (डीएटी), एडेप्टिभ क्रुज कन्ट्रोल र प्रि–कोलिजन असिष्ट जस्ता फिचर पनि उपलब्ध छन् ।

विशेष गरी युवा ग्राहकलाई ध्यानमा राखेर यसको निर्माण गरिएको बताइएको छ ।

चीनमा यो पेट्रोल, माइल्ड हाइब्रिड र प्लग–इन हाइब्रिड गरी तीन इन्जिनमा उपलब्ध हुनेछ ।

पेट्रोल र माइल्ड हाइब्रिड भर्सनमा १.५ लिटर पेट्रोल इन्जिन हुनेछ, जसले १६३ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६–स्पिड एएमटी गियरबक्स हुनेछ ।

चीनको लागि मात्र निर्माण गरिएकोले यो गाडी भारतमा भने उपलब्ध हुने छैन । भारतमा उपलब्ध नभए नेपालमा पनि उपलब्ध हुने सम्भावना कमै हुन्छ ।

भारतमा भने फोर्ड र महिन्द्रा मिलेर छिट्टै नै नयाँ एसयूभी बजारमा ल्याउने योजना बनाएका छन् । यसको प्रतिस्पर्धा हुन्डाई क्रेटा र जिप कम्पाससँग हुनेछ । यद्यपि यसको नाम के हुनेछ, अझै सार्वजनिक गरिएको छैन ।

कारमा एसी बचाउने तरिका
गर्मी मौसममा कार भित्र गुम्सेर यात्रा गर्न सहज हुँदैन । नेपालको सन्दर्भमा जहाँ धुवाँ धुलोले गर्दा कारको झ्याल खोलेर यात्रा गर्न सहज बनाएको हुँदैन त्यस्तो अवस्थामा कारमा भएको एयरकन्डिसन (एसी) को प्रयोग गर्नु राम्रो विकल्प हो । तर एसीको सही तरिकाले प्रयोग गर्न नजान्नाले केही अप्ठ्यारो भने हुन सक्छ ।

चर्काे गर्मीयाममा कारमा भएको एसी पर्याप्त नहुन सक्छ । आधुनिक कार निर्माताले कारमा अटोमेटिक एसी वा क्लाइमेट कन्ट्रोल जस्तै आधुनिक उपकरणको प्रयोग गरेको हुन्छ । यसले गर्दा कहिलेकाही कारमा यात्रा गर्नेहरुले अप्ठेरोको सामना पनि गर्नु पर्ने हुन्छ ।

उच्च तापक्रमको कारणले कार भित्रको तापक्रम पनि बढी हुने गर्छ । यही कारणले कारमा एसी चलाउँदा एसीको खासै प्रभाव परेको हुँदैन । एसी चलेको छ कि छैन भन्ने भान हुँदैन । केही सरल उपायबाट यस्तो अवस्थाबाट केही छुट्कारा पाउन सकिन्छ ।

१. झ्याल थोरै खोल्ने
बाहिरको तापक्रम बढेसँगै कार भित्रको तापक्रम पनि बढेको हुन्छ । यही कारणले गर्दा एसी खोल्दा कार भित्र अलि चिसो हुन समय लाग्छ । त्यसैले कार ड्राइभिङ गर्दा जहिले पनि कारको झ्याल थोरै खोलेको खण्डमा भित्रको तातो हावा छिट्टो बाहिर निस्कन्छ ।

२. कारलाई सित्तल ठाउँमा पार्किङ गर्नु
कारलाई गर्मीबाट बचाउनको लागि सरल उपाय भनेको कारलाई सितल ठाउँमा पार्किङ गर्नु हो । कार जहिले पनि सकेसम्म सितल ठाउँमा पार्किङ गर्नु पर्छ र पार्किङको समयमा थोरै कारको झ्याल खोलि राख्दा राम्रो हुन्छ । यसले फ्रेस हावा कार भित्र प्रवेश गरेको हुन्छ र कारको तापक्रम केही हदसम्म कम हुन्छ ।

३. रिसक्र्युलेशन मोड
कार स्टार्ट गरेको समयमा जहिले पनि रिसक्र्युलेशन मोड अफ गर्नु पर्छ जसले गरम हावा भेन्टिलेशनबाट बाहिर निस्कन पाउछ र एकचोटी कार भित्र चिसो हावा आइसकेपछि रिसक्र्युलेशन मोड अन गर्नु जसले कार भित्र चिसो हावा आउछ । यस्तो स्थितिमा एसी चलाउँदा एसी प्रभावशाली ढंगबाट चलेको हुन्छ ।

४. मेन्टिनेन्स
कार र एसी दुबैको नियमित सर्भि्िसङ गराउनाले एसी सिस्टम राम्रोसँग चलेको हुन्छ । यदि कारको एसीमा कुनै प्रकारको समस्या देखिएमा सबैभन्दा पहिला उसको कम्प्रेसरको जाँच गराउनु पर्छ । गर्मी मौसममा जहिले पनि एसीको सर्भि्िसङ गराउनु पर्छ ।

५. एसीलाई कम गतिमा चलाउने
यदि कारमा अटो एसी वा क्लाइमेट कन्ट्रोल छ भने एसी सबभन्दा कम गतिमा चलाउनु पर्छ । यसले कार भित्रको तापक्रम तीव्र गतिमा कम हुन्छ । एक चोटी हावा चिसो भइसके पछि आफू अनुकुल तापक्रम बढाउन सकिन्छ ।

६. कार तीव्र गतिमा चलाउने
यदि कार लामो समयसम्म घाममा पार्किङ गर्नुभएको छ भने कार भित्रको तापक्रम बढ्नु स्वाभाविकै हो । यस्तो अवस्थामा कारलाई निश्चित दुरीसम्म कारलाई तीव्र गतिमा चलाउनु पर्छ । जब कारमा केही चिसो हावाको प्रवेश भएको महसुस हुन्छ तब सामान्य गतिमा ड्राइभ गर्दा हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?