सरद र निसालाई पुत्रलाभ
सारांश
- काठमाडौँ, ५ जेठ ।
- क्रिकेटर सरद भेष्वाकर र नायिका निसा अधिकारीलाई पुत्रलाभ भएको छ ।
- गत जेठ ३ गते निसाले आफ्नो र सरदको छाेरालाई जन्म दिएकि हुन् ।
काठमाडौँ, ५ जेठ । क्रिकेटर सरद भेष्वाकर र नायिका निसा अधिकारीलाई पुत्रलाभ भएको छ ।
गत जेठ ३ गते निसाले आफ्नो र सरदको छाेरालाई जन्म दिएकि हुन् ।
शनिबार बिहान आफ्नो फेसबुक पेजमा छोराको तस्वीर राख्दै आफू आमा बनेको कुरा सार्वजनिक गरेकी हुन् । उनले सोही पोस्टमा आफ्नो छोराको नाम ‘युवान निसरद’ राखेको पनि खुलाएकी छन् ।
गत वर्ष जुलाई ३ मा क्रिकेटर सरद भेष्वाकर र नायिका निसा अधिकारीको विवाह भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया