काठमाण्डौमा १२ सय सिसीका ट्याक्सी मात्रै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
काठमाण्डौमा १२ सय सिसीका ट्याक्सी मात्रै

सारांश

  • असार २६, काठमाण्डौ ।
  • काठमाडौंमा संचालित ट्याक्सीलाई व्यवस्थित र सुविधाजनक बनाउन सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ ।
  • सरकारले पुराना ट्याक्सी विस्थापन गर्दै लैजाने र न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउने मापदण्ड ल्याउने तयारी गरेको हो ।

असार २६, काठमाण्डौ । काठमाडौंमा संचालित ट्याक्सीलाई व्यवस्थित र सुविधाजनक बनाउन सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । सरकारले पुराना ट्याक्सी विस्थापन गर्दै लैजाने र न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउने मापदण्ड ल्याउने तयारी गरेको हो ।ट्याक्सीले दिने सेवाबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ । खासगरी भनेको ठाउँमा जान नमान्ने, रातीमा हिडेनु परेमा यात्रुसंग बढी रकम असुल्ने र यात्रुलाई ठग्ने जस्ता गुनासो बढी सुनिने गरेको छ । ट्याक्सीप्रति चौतर्फी गुनासो आएपछि सरकारले ट्याक्सीमा नयाँ मापदण्ड ल्याउने तयारी गरेको यातायात व्यवस्था विभागका निर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

सरकारले यहीबेला ८ सय सीसीका ट्याक्सी दर्तामा रोक समेत लगाएको दाहालले बताए । दाहालका अनुसार अहिले सञ्चालनमा रहेका ट्याक्सीमा अनिवार्य रुपमा विदेशमा जस्तै स्मार्ट प्रविधि जडान गर्नुपर्ने छ । यस्तै, यात्रु चढेर जाने ठाउँसम्मक कति भाडा लाग्छ भन्ने पनि रुट सिष्टमले देखाउने भएकाले त्यसको पनि व्यवस्था हुनेछ । यसबाट यात्रु ठगिने गुनासो कम हुने विभागको दाबी छ ।सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार ९ सय ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् । विभागका अनुसार एउटा ट्याक्सीको नम्बर प्लेटका लागि २३ लाखसम्म तिर्नुपर्ने बाध्यता छ । सरकारले विभिन्न मापदण्ड र नियमहरु ल्याउने गरेपनि भाडा दरमा भने सरकारले अझैपनि कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

विभागले अहिले ट्याक्सीको नयाँ दर्ता रोकेर सिन्डिकेटलाई बढावा दिएको आरोप लाग्दै आएको छ । विभागका निर्देशक दाहालले नयाँ मापदण्ड लागू भएसँगै ट्याक्सीको नयाँ दर्ता प्रक्रिया अघि बढ्ने बताए । ‘ट्याक्सीको नयाँ मापदण्ड लागू भएसँगै नयाँ ट्याक्सीको दर्ता खोल्ने तयारी गरेका छौं,’ उनले भने, ‘नयाँ मापदण्ड ल्याएर ट्याक्सीलाई व्यवस्थित गर्नेछौं ।’काठमाडौं उपत्यका लगायत देशभर पुराना ट्याक्सीको बाहुल्य छ । यी ट्याक्शीमा यात्रा गर्न सहज र सुरक्षित छैन । सरकारले हालै प्रस्ताव गरेको नयाँ मापदण्ड आएपछि ट्याक्सीमा कायम रहेको कोटा प्रथा अन्त्य हुने र ट्याक्सी सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।अहिले उपत्यकामा गुड्ने करिब ९ हजार ट्याक्सीमध्ये अझै पनि अधिकांशले मिटरमा गुड्न नमानेर यात्रु ठगिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Confirmed – Kananga Ranaut said Manikarnika will release this year
Confirmed – Kananga Ranaut said Manikarnika will release this year
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
सर्वसाधरणको ज्यान उच्च जोखिममा !
सर्वसाधरणको ज्यान उच्च जोखिममा !
प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु
प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु
विप्लव समूहका जनसरकार प्रमुख ढकाल पक्राउ
विप्लव समूहका जनसरकार प्रमुख ढकाल पक्राउ
स्कुल बसको ठक्करले छात्राको मृत्यु
स्कुल बसको ठक्करले छात्राको मृत्यु
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी

तपाईंले छुटाउनुभयो कि?