प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश
सारांश
- काठमाडौँ ।
- सर्वोच्च अदालतले नेत्रविक्रम चन्दको नेकपा समुहका पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।
- योसँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्दको नेकपा समुहका पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ । योसँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ ।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो ।
विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आइतबार सुनुवाइ गरी आदेश दिएको हो ।
अदालतले यसअघि २ पटक थुनामुक्त गर्ने आदेश दिइसकेको छ । अदालतको आदेशपछि प्रहरीले अर्को मुद्दा लगाउँदै पक्राउ गर्दे गरेको छ ।
सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया