हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
सारांश
- काठमाडाै,२५ पुस ।
- बिस्नु फडेरा, गाविस स्तरिय फुटबल खेल काठमाडौमा सूरु भएको छ।
- बुधवार काठमाडौको मुलपानिमा तिनदिने फुटबल आयोजना भएको हो।
काठमाडाै,२५ पुस ।
बिस्नु फडेरा, गाविस स्तरिय फुटबल खेल काठमाडौमा सूरु भएको छ। बुधवार काठमाडौको मुलपानिमा तिनदिने फुटबल आयोजना भएको हो। ‘हाम्रो सपना समृद्ध खार्पुनाथ हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ खार्पुनाथ गाविसले खेलको आयोजना गरेको हो ।
माघ २५ देखि २७ गते सम्म संचालन हुने खेलको हुम्ला प्रदेश क का प्रदेश सभा सांसद जिवन बहादुर शाहिले उद्घाटन गरेका थिए । उद्घाटनमा शाहीले हुम्लीहरु कुनै क्षेत्रमा कम नहुने र्तक दिएका थिए । शाहीले मैदानमा बल खेलेर उद्घाटन गरेका थिए। आज भएको पहिलो खेलमा आयोजक खार्पुनाथ युवा क्लव वि र गोठि बिच भएको थियो । उक्त खेलमा आयोजकलाइ गोठिले ३ गोल अन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा आयोजक ए र लाली टिमबिच भएको थियो । दोस्रो खेलमा पनि
आयोजकलाइ लालीले २ गोल गरेर हराएको थियो। त्यस्तै बुधवार भएको तेस्रो तथा अन्तिम खेल सर्किदेउ र छिर्पा बिच भएको थियो । उक्त खेल बराबरिमा रोकिएको थियो । र दुइवटै टिमले अंक बराबर बांडिने आयोजकले बताएको छ ।
तिन दिन सम्म संचालन हुने फुटवल प्रतियोगिता आयोजक का दुइ वटा सहित सर्किदेउ, गोठि, राया, लाली, सिमिकोट, ठेहे, छिप्रा लगाएत नौ वटा टिमको सहभागिता रहेको आयोजक ओबि शाहीले बताए। उनका अनुसार खेल लिग कम नकाउट चरण हुने अर्थात प्रत्यक टिमले तिन टिमसंग खेल्ने र देइ खेल हारे आउट हुने बताए ।
जिल्लाका सम्पुर्ण एकहुन र भाइचाराको सम्बन्ध बिस्तार गर्न आयोजना गरिएको खेलमा पहिलो हुनेले २५ हजार नगद मेडल, प्रमाण पत्र दोस्रो हुने १५ हजार नगद मेडल, प्रमाण पत्र र तेस्रो हुनेले १० हजार सहति प्रमाण पत्र मात्र पाउने बताइएको छ । उक्त खेल खार्पुनाथ युवाक्लबले अायाेजना गरेकाे बताइएकाे छ ।
प्रतिक्रिया