सरुवा रोगले भन्दा नसर्ने रोगका कारण मृत्यु हुने संख्यामा बृद्धि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २९ असोज।
  •   घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गर्नुभएको छ ।
  • मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ ।

काठमाडौँ, २९ असोज।  घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गर्नुभएको छ ।मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन् कुनै अध्ययनसमेत भएको छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसिडी एलायन्सद्वारा संयुक्तरुपमा सरुवा रोगसम्बन्धी हालै आयोजना गरेको एक कार्यक्रमका सहभागीले नसर्ने रोग रोकथाम गर्न नयाँ नीति ल्याउनुपर्ने सुझावसमेत दिनुभएको थियो ।

पछिल्लो समय मन्त्रालयले आफ्नो बजेट विनियोजन गर्दा ८५ प्रतिशत रोग उपचार र १५ प्रतिशत रोग रोकथामका लागि खर्च गर्ने गर्दछ । रोकथामका लागि कम रकम विनियोजन गर्दा रोग लागेपछि मात्र उपचार गर्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढिरहेको जनस्वास्थ्य विज्ञको भनाइ रहेको छ ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनीले धेरैजसो तयारी खाद्य वस्तु खाने प्रवृत्तिले नसर्ने रोगी बढिरहेको चर्चा गर्दै खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन आग्रह गर्नुभयो । पछिल्लो समय सरकारले विशेष गरी नसर्ने रोग (मुटु, मिर्गाैला, क्यान्सर) को उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्दै आएको छ । साथै धुवाँमुक्त चुल्हो निर्माणमा रु ४० हजार अनुदानसमेत दिँदै आएको छ । अर्काेतर्फ धुलो, धुवाँजस्ता प्रदूषणका कारणले पनि नसर्ने रोग बढिरेहको बताइएको छ । उहाँले भन्नुभयो, “नसर्ने रोग हुन नदिन सूर्तीसेवन एवं मदिरापान सेवन छोड्नुपर्छ । स्वस्थकर, पोसिलो खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।” स्वास्थ्य मन्त्रालय, नसर्ने तथा मानसिक रोग नियन्त्रण शाखाका प्रमुख फणिन्द्रप्रसाद बरालले पछिल्लो समय नसर्ने रोग घरघरको स्वास्थ्य समस्याका रुपमा देखा परेको चर्चा गर्दै नसर्ने रोगका बारेमा सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

जनस्वास्थ्य विज्ञ डा केदार बरालले नसर्ने रोग नियन्त्रणका लागि नयाँ नीतिको आवश्यकता औँल्याउँदै त्यस्तो रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेको छ भन्नुभयो । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोगमध्ये मुटुको रोगीको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको देखाएको जानकारी दिनुभयो ।  मधुमेह रोग विशेषज्ञ डा प्रदीपकृष्ण श्रेष्ठले पछिल्लो समय पेटमा सेतो बोसोको मात्रा बढेका कारण मधुमेहका रोगी बढिरहेको पाइएको बताउनुभयो । बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद् किशोर प्रधानाङ्गले महिला क्यान्सर रोगीको सङ्ख्या बढिरहेको छ भन्नुभयो । उहाँले क्यान्सर रोगीलाई दिइने सहयोग रु पाँच लाख पु¥याउनुपर्ने सुझाव दिनुभयो ।

आयुर्वेद चिकित्सक सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके नसर्ने रोगको जोखिम कम हुने बताउनुभयो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सूर्तीजन्य पदार्थ र मदिरापान नियन्त्रणमा ध्यान दिन सुझाव दिनुभयो । प्रा डा शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग बढेको नभई नसर्ने रोगको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
पूर्व राष्ट्रपति यादवकी छोरी अनिताको विहे सम्पन्न
पूर्व राष्ट्रपति यादवकी छोरी अनिताको विहे सम्पन्न
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
कति दिन सम्म दशैँकाे टिका लगाउन मिल्छ ?
कति दिन सम्म दशैँकाे टिका लगाउन मिल्छ ?
ट्रकको ठक्करबाट दुईको मृत्यु
ट्रकको ठक्करबाट दुईको मृत्यु
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
अदुवामा रोग लागेपछि किसान चिन्तित
अदुवामा रोग लागेपछि किसान चिन्तित

तपाईंले छुटाउनुभयो कि?