प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

सारांश

  • बुटवल ।
  • चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् ।
  •  भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको भ्रमणदलका सदस्य तथा उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बुटवल । चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको भ्रमणदलका सदस्य तथा

उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु¥याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गरे ।

मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाए । उनले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे । उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै

छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आवश्यक सल्लाह गरेर जान सकिने बताए । यसैगरी मुख्यमन्त्री पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्रा्ष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गरेका छन् ।

भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु¥याएको बताए । उनले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताएको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले नेपाली नागरिक राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको व्यग्र प्रतिक्षामा रहेको र यो सन्देश राष्ट्रपति चिनफिङसम्म सम्म पुर्याउन नेता सङलाई आग्रह गरे । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्टिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
मादलु घनन सार्वजनिक (भिडिओ सहित)
मादलु घनन सार्वजनिक (भिडिओ सहित)
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो

तपाईंले छुटाउनुभयो कि?