सप्तरीमा अटो रिक्सा दुर्घटना, एक को मृत्यु!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
सप्तरीमा अटो रिक्सा दुर्घटना, एक को मृत्यु!

सारांश

  • अस्बीन खडका,२२ बैशाख ।
  • सप्तरीमा अटो रिक्सा दुर्घटना हुँदा एक को मृत्यु भएको छ।
  • दुर्घटनामा ६ जना घाइते भएका छन्।

अस्बीन खडका,२२ बैशाख । सप्तरीमा अटो रिक्सा दुर्घटना हुँदा एक को मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
राजविराजबाट तिलाठी जाँदै गरेको स१ह १८२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको  हाे ।

घटनामा तिलाठी गाउँपालिका–१ का अन्दाजी ७० वर्षीय फुला मिश्राको घटनास्थलमै मृत्यु भएको छ। अटोमा सवार राजविराज नगरपालिका–४ निवासी विष्णुदेव साह र वडा नम्वर ९ की ४० वर्षीया फतमा खातुन, भारतको विहार राज्य स्थित मधुवनी जिल्ला निवासी ३८ वर्षीय ब्रह्मदेव गोस्वामी, उनकी श्रीमती गीतादेवी, छोरा १४ वर्षीय अभिषेक र छोरी ५ वर्षीया सृष्टि घाइते भएका छन्।

घाइतेभएकाहरु सबैको  राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको  छ ।

चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

(www.newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?