रंगशाला काण्ड सम्झाउने हावाहुरी, पूर्वसुचनामा किन यस्तो कमजोरी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
रंगशाला काण्ड सम्झाउने हावाहुरी, पूर्वसुचनामा किन यस्तो कमजोरी ?

सारांश

  • आइतबार साँझ चलेको हावाहुरीले वारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भयो ।
  • नेपालमो इतिहासमा हावाहुरीले पुर्याएको सबैभन्दा ठूला क्षति बनेको छ आइतबारको घटना ।
  • तर मानवीय क्षतिका हिसाबले भने ३१ वर्षअघिको घटना सम्झनुपर्ने हुन्छ ।

आइतबार साँझ चलेको हावाहुरीले वारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भयो । नेपालमो इतिहासमा हावाहुरीले पुर्याएको सबैभन्दा ठूला क्षति बनेको छ आइतबारको घटना ।

तर मानवीय क्षतिका हिसाबले भने ३१ वर्षअघिको घटना सम्झनुपर्ने हुन्छ । त्यसबेला काठमाण्डौको दशरथ रंगशालामा फुटबल खेल भइरहेकाबेला आएको हावाहुरीले ७३ जनाको ज्यान लिएको थियो ।

२०४४ सालको फागुन २९ गते यस्तै हावा चल्दा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल भइरहेका बेला दर्शकले खचाखच रंगशालामा एकाएक भागदौड मच्चियो ।

त्यसबेला ७३ जनाको ज्यान गएको थियो भने २ सय घाइते भएका थिए । नेपालको जनकपुर चुरोट कारखाना क्लब र बंगलादेशको मुक्ति योद्धा क्लब बीच खेल चलिरहँदा खेलको १९ सौं मिनेटमा आएको हावाहुरीका कारण दर्शकहरु डराएर मच्चिएको भागदौडमा ठूलो मानवीय क्षति भएको हो ।

नेपालमा हरेक वर्ष हावाहूरी आउने गर्दछ । तर मानवीय क्षतिका हिसाबले उक्त घटना नचाहेर पनि सधैँभरी सम्झिरहनुपर्ने घटनाको रुपमा रहेको छ । ४४ सालको हावाहूरी सम्झाउने गरी आइतबार बारा र पर्सा जिल्लामा हावाहुरी आयो ।

यो घटनाले पुनः एकपटक हावाहुरीले पनि ठूलो जनधनको क्षति पुर्याउँछ भन्ने पुष्टी गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिन (७२ घण्टा)को मौसमी अवस्था पूर्वानुमान गर्ने गरे पनि आइतबारको जस्तो हावाहुरीको पूर्वानुमान गर्न नसक्ने पुष्टी भएको छ ।

महाशाखाले त्यसैको पूर्वानुमान गर्न नसक्दा आइतबार राति बारा, पर्सासहितका जिल्लामा एक्कासी आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । मेघ गर्जन र चट्याङको सम्भावनाबारे पूर्वानुमान गरिए पनि हावाहुरीको छुट्टै पूर्वानुमान नहुँदा जहिल्यै क्षती व्यहोर्नुपरेको हो ।

विगतमा हावाहुरीकै कारण रुख ढल्दा काठमाडौंमा मानवीय र भौतिक क्षतिसमेत भएका कयौं उदाहरण छन् । मौसमी प्रणालीलाई वैज्ञानिक र विश्वसनिय बनाउन राज्यले प्रविधिमा लगानी गर्नुपर्ने विशेषज्ञहरुले सुझाब दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?