साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम

सारांश

  • दाङ, ३० साउन ।
  • पछिल्लो समयमा साइबर अपराधका घटनाहरु बढ्दै जान थालेपछि सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले सचेतना कार्यक्रम सुरु गरेको छ ।
  • प्रविधिको दुरुपयोग गर्दै अपराधका घटनाहरु बढ्न थालेपछि सेवा केन्द्रले विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सुरु गरेको हो ।

दाङ, ३० साउन । पछिल्लो समयमा साइबर अपराधका घटनाहरु बढ्दै जान थालेपछि सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले सचेतना कार्यक्रम सुरु गरेको छ । प्रविधिको दुरुपयोग गर्दै अपराधका घटनाहरु बढ्न थालेपछि सेवा केन्द्रले विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सुरु गरेको हो ।

केन्द्रले बुधवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको मावि रझेनामा सचेतना कार्यक्रम गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साइबर अपराधबारे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक गोपाल रायमाझीले प्रशिक्षण दिएका थिए । जसमा साइबर अपराध भनेको के हो, प्रविधिको दुरुपयोग कसरी हुन्छ, अपनाउनुपर्ने सतर्कता एवं कानुनी व्यवस्थाका विषयमा जानकारी दिएका थिए ।

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य बसन्त पुनले गरेका थिए । साइबर अपराधबारे विद्यालयका लागि सचेतना कार्यक्रम निरन्तर हुने अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?