नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन बाँडिएको छ ।
  • आरोप प्रत्यारोपसहितको प्रस्ताव बाँडेसँगै अध्यक्ष प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए ।

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन बाँडिएको छ । आरोप प्रत्यारोपसहितको प्रस्ताव बाँडेसँगै अध्यक्ष प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा डेढ घन्टा बोल्दै उनले पार्टीमा उत्पन्न पछिल्लो परिस्थितिबारे वृस्तृत व्याख्या पनि गरेका थिए । विगतमा दुईपटक विवाद उत्पन्न हुँदा स्थायी कमिटी हुँदै कार्यदल बनाएर सहमति निकालिएको र त्यसको कार्यान्वयन नभएको विषयबारे पनि प्रचण्डले बोलेका थिए ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदल बनाएर सुझावलाई समेटेर सहमति गरिएको र त्यसपछि पनि एकलौटी ढंगले ओलीले पार्टी र सरकार सञ्चालन गर्न खोजेको प्रचण्डको आरोप थियो । उनले कर्णालीको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन खोजेको र त्यसपछि नयाँ घटना विकास भएको विषय पनि उल्लेख गरेका थिए ।

पटक पटक बैठक बोलाउन नमानेको, पार्टी कमिटीलाई बेवास्ता गरी काम छैन सम्म भनेको र विधि प्रक्रियालाई मिचेर अगाडि बढ्न खोजेको आरोप लगाएका थिए । उनले सचिवालयबाट समस्या समाधान गर्ने प्रयास हुँदा पनि बेवास्ता भएको र स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले गर्ने निर्णय बमोजिम अगाडि बढ्ने धारणा समेत राखेका थिए । प्रचण्डले आफू सहमतिकै प्रयासमा रहेको र पार्टी कुनै हालतमा विभाजन हुन नदिने स्पष्ट पारेका थिए । उनले पार्टी निर्णयबाट अगाडि बढ्नुको विकल्प नरहेको बताएका थिए ।

सहमतिकै लागि अझै प्रयास गर्ने भन्दै प्रचण्डले केही दिन स्थायी कमिटी स्थगित गर्ने र केन्द्रीय कमिटी बैठक पनि सार्ने प्रस्ताव गरेका थिए । बैठकले सर्वसम्मतिले बैठक स्थगित गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेकपा बैठकः को को आए

ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश

ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?