रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन

सारांश

  • काठमाडौँको धुम्वाराही ४ मा निर्माण गरिएको धन्वन्तरी पार्क सञ्चालनमा आएको छ ।
  • शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्कको उद्घाटन गरेका छन् ।
  • धन्वन्तरी पार्क समितिको सक्रियतामा पार्कको निर्माण भएको हो ।

काठमाडौँको धुम्वाराही ४ मा निर्माण गरिएको धन्वन्तरी पार्क सञ्चालनमा आएको छ । शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्कको उद्घाटन गरेका छन् । धन्वन्तरी पार्क समितिको सक्रियतामा पार्कको निर्माण भएको हो । अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गाको सदुपयोग गर्दै क्लबले पार्क निर्माण गरेर सराहनीय काम गरेको उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बताए ।

काठमाडौँ मात्रै नभई अन्य स्थानमा रहेका र अतिक्रमण भएका सार्वजनिक जग्गाको संरक्षणका युवा पूस्ता लागि पर्नु पर्ने पोखरेलको भनाई थियो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा पार्क निर्माण गरिएको हो । पार्कको समुद्घाटन कार्यक्रममा प्रदेश सांसद नारायण सिलवाल, काठमाडौँ महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन विष्ट, क्लबका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?