जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन_मेयर शाक्य
सारांश
- २६ कात्तिक, काठमाडौं ।
- काठमाडौं महानगरपालिकाले राजधानीको सवारी व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले असहयोग गरेको आरोप लगाएको छ ।
- आइतवार सुन्धारा, जमल, रत्नपार्क लगायतका क्षेत्रको स्थलगत अवलोनपछि मेयर मेयर विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरीले महानगरको योजनाअनुरुप काम नगरेको आरोप लगाए ।
२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको सवारी व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले असहयोग गरेको आरोप लगाएको छ ।
आइतवार सुन्धारा, जमल, रत्नपार्क लगायतका क्षेत्रको स्थलगत अवलोनपछि मेयर मेयर विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरीले महानगरको योजनाअनुरुप काम नगरेको आरोप लगाए ।
‘मैले सडक छेउमा सार्वजनिक सवारी रोकेर यात्रु कुर्न दिनु हुँदैन भनेको छु । पटक-पटक पिक एण्ड ड्रप सिस्टम लागू गर्न आग्रह गरेपनि ट्राफिक प्रहरीले बेवास्ता गर्यो,’ शाक्यले भने,’समस्या हामीले दिएका सुझावलाई ट्राफिकले मनन नै गरेन ।’
उनले सडक छेउमा यात्रु कुरेर बसिरहने प्रवृत्तिले जाम बढेको सुनाए । त्यसले यात्रुलाई पनि सास्ती भएको र सडकको ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको उनको दावी छ ।
‘सुन्धारामा सार्वजनिक सवारीहरु चौंथो लेनसम्म रोकेर यात्रु कुरिरहेका छन् । यसो गर्न नदिऔं भनेको ट्राफिकले पनि वास्ता गरेन,’शाक्यले भने,’ काठमाडौंको मुख्य भागमै जाम भएपछि शहरभरि त्यसको असर सबैतिर पर्छ । सुन्धारको जामले टेकुमा असर गर्छ ।’
उनले यात्रुले बस चढेर छिटो जाउँ भन्दै चालकसँग झगडा गर्नुपर्ने अवस्थाले समस्या मात्रै बढाएको बताए । पटक-पटक ‘पिक एण्ड ड्रप’ लागू गर्नेबारे ट्राफिकसँग छलफल भएपनि सडकमा त्यसको कार्यान्वयन नहुनु दुःखद भएको महानगरको ठहर छ ।
‘अब सडकमा गाडी रोकेर बस्ने नै होइन । झर्ने यात्रुलाई ड्रप गरेर चढ्ने यात्रुलाई हालेर गाडी कुदिहाल्ने हो,’ शाक्यले भने,’यसको ध्यानाकर्षण मिडियाले पनि ट्राफिकलाई गराइदिनुपर्यो ।’
Shobha Neupane
k ho…?
Gokarna Thapa
aba sarbendra khanal la garna na sakako kam yo jhas la kata bata garnu ho
Subash KC
Jogi vayara Pashupati jau tesova!!!
Mohan Neupane
Sahi kuro ho trafikle mannai parx
Darshan Gurung
tapailai alik waitdar bolna aaudaina? meyar vayapaxi firstchoti boleko jasto lagyo
Damodar Lamsal
देश भरिकै असक्छ्यम मेयर।पैषा र सुबिधा खान जान्ने तर बिकाशका काम गर्न नजान्ने।ओलीको बरदान पाएकोले उनिले जे गरेपनि कसैले केही गर्न सक्दैन।
Tulasi Kc
Teso vaya rajinama deu sakxam mancha aauxa
Devraj Bista
सडक फुटपाथ मा जथाभावी ब्यापार ब्यावसाय गर्ने लाई हटाउन नसक्ने वा अन्यत्र व्यवस्थापन गर्न नसक्ने मेयर ज्यु सडकमा जेव्राक्रस छैन भएका पनि नवुझिने मेटिन लागेकाे अबस्थामा छन् ।सडक, फुटपाथ बनाउने वा किल्यर गराउने काम कस्काे हाे ।अाफुले कतिकाम गरे भनेर अाफुले अाफैलाई मुल्यांकन गरुँ ।अर्काले गरेन मानेन भनेर बच्चाको जस्ताे कुरा गर्नु राम्रो हाेइन।
मैले बुझे अनुसार सिस्टम मा चल्न ,चलाउन सडकमा निस्चीत ठाउँमा बसपकेट ,जेव्राक्रसिङ,ट्राफिक लाईट ,अाकाशे पुल र सिसिकमरा हुनु पर्छ।
काठमाडौं काे सडक जाम कन्ट्रोल मुखले भने जस्तो भासणले मात्र सम्भाव छैन ।हामिले समयर परिस्थिति वुझेर चल्न जानेका छैनौं ।विहान पिकाअावर समयमा अनावश्यक मान्छे सडकमा निस्कने जस्तै :-माईतजाने,मामल,ससुराली ,पसलखाेल्न, अन्य ।यी मान्छे एक घन्टा अघि वा पछी निस्किदा हुन्थ्योनी ।सबै अफिस ले सुविधा सम्पन्न स्टापकाे लागि ठुला लामाबस काे व्यावस्था गर्न जरुरी छ।मदेख्छु कारमा प्राय एक जना मात्र याे विलासिता ले गर्दा सडकमा प्राईवेट सवारीसाधन धेरै बढेका छन्।यसै गरि हामीमा अनुशासन वा सभ्यताको कमी छ।लेनअनुशासन छैन मेराे भन्नु धेरै थियाे।अाजलाई याे मेराे सानाे सुझाव मात्र ।