सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र

सारांश

  • काठमाडौं  ।
  • सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउनेगरी सरकारले गरेको निषेधलाई रोक्दै अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायायाधीश र्इश्वरप्रसाद खतिवडाको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै असार २९ गते छलफलका लागि बोलाएको छ ।

काठमाडौं  । सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउनेगरी सरकारले गरेको निषेधलाई रोक्दै अन्तरिम आदेश जारी गरेको छ ।

न्यायायाधीश र्इश्वरप्रसाद खतिवडाको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै असार २९ गते छलफलका लागि बोलाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्धारा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई असार २९ गते अन्तरिम आदेश निरन्तर गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाई गर्न उपस्थित हुन समेत आदेश दिएको छ।

काठमाडौंको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिबाट निषेधित तोेकेको थियो । सर्वोच्चको आदेशसँगै निषेधित क्षेत्र खुला भएका छन् । जिल्ला सुरक्षा समितिले तोकेका स्थान असार २९ गतेसम्म कार्यान्यन हुने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?